एजेन्सी । पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ब्राजिलियन फरवार्ड नेयमारलाई कारबाही गर्ने भएको छ । प्रि-सिजनको अभ्यासमा अनुपस्थित भएको भन्दै पीएसजीले नेयमारलाई आवश्यक कारबाही गर्ने जनाएको छ ।
पीएसजीले सोमबारबाट सुरु गरेको अभ्यासको पहिलो दिन नेयमार मैदान अनुपस्थित रहेका थिए । क्लबको अभ्यासमा विना सूचना अनुपस्थित भएपछि नेयमारसँग क्लब रुष्ट बनेको हो ।
'पीएसजीले टिपोट गरेको छ कि नेयमार उक्त समय र स्थानमा उपस्थित भएन । यो कार्यबाट क्लब निकै पछुताएको छ,' क्लबले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
यता, पछिल्लो समय नेयमार पूर्व क्लब बार्सिलोना फर्कने हल्ला चलिरहेको छ । नेयमार सन् २०१७ मा किर्तीमानी मूल्य २०० मिलियन पाउण्डमा बार्सिलोनाबाट पीएसजी आएका थिए ।
गत सिजन उनले ३७ लिग खेलमा ३४ गोल गरेका थिए ।