एजेन्सी । आइभरी कोष्ट इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्सको अन्तिम आठमा प्रवेश गरेको छ ।
सोमबार राति भएको अन्तिम १६ को खेलमा मालीलाई १-० गोल अन्तरले पराजित गर्दै आइभरी कोष्ट क्वाटरफाइनलमा पुगेको हो ।
आइभरी कोष्टलाई जित दिलाउन विलफाइड जाहाले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७६ औं मिनेटमा जाहाले निर्णायक गोल गरेका थिए ।
अब आइभरी कोष्टले अन्तिम आठमा अल्जेरियासँग खेल्नेछ ।