एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले नयाँ सिजनको लागि अवे जर्सी सार्वजनिक गरेको छ ।
ला लिगा च्याम्पियन बार्सिलोनाले सोमबार सन् २०१९/२० को लागि प्रयोग हुने जर्सी सार्वजनिक गरेको हो ।
बार्सिलोनाले होम जर्सी भने यसअघि नै सार्वजनिक गरिसकेको छ ।
अवे जर्सी पहेलो रंगबाट निर्माण गरिएको छ । जसमा बार्सिलोनाको ट्रेडमार्क रंगले सजावट गरिएको छ ।