एजेन्सी । मेक्सिकोले कोन्काफ गोल्ड कप फुटबलको उपाधि जितेको छ ।
सोमबार बिहान भएको फाइनलमा आयोजक अमेरिकालाई १-० गोल अन्तरले पराजित गर्दै मेक्सिको च्याम्पियन बनेको हो ।
मेक्सिकोलाई जित दिलाउन जोनाथन डस सान्तोसले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३ औं मिनेटमा सान्तोसले निर्णायक गोल गरेका थिए ।
योसँगै मेक्सिकोले आठौं पटक कोन्काफ गोल्ड कपको उपाधि जित्न सफल भएका छन् ।