एजेन्सी । अल्जेरिया इजिप्टमा जारी अफ्रिका कप अफ नेसन्सको अन्तिम आठमा प्रवेश गरेको छ ।
आइतबार राति भएको अन्तिम १६ को खेलमा गिनीलाई ३-० गोल अन्तरले पराजित गर्दै अल्जेरिया अन्तिम आठमा पुगेको हो ।
अल्जेरियालाई जित दिलाउन रियाद महरेज, मोहमेद बेलाली र एडम ओनसले एक एक गोल गरे ।
अब अल्जेरियाले अन्तिम आठमा आइभरी कोष्ट र मालीबीचको विजेतासँग खेल्नेछ ।