एजेन्सी । पोर्चुगलका फुटबल फरवार्ड क्रिस्टियानो रोनाल्डोले गत सिजन केही महत्वपुर्ण उपाधि हात पार्न सकेनन् । आगामी सिजनमा भने कोपा इटालिया र च्याम्पियन्स लिगमा उनको विशेष ध्यान रहनेछ ।
रोनाल्डोसँग फुटबलमा सबैथोक गर्नसक्ने क्षमाता र दक्षता छ । उनले आफ्नो अद्भुत कला इटाली गएपछि दोस्रो सिजनमा देखाउने छन् ।
रोनाल्डोले सन् २०१८/१९ को सिरी ए उपाधि जितेका थिए । उनलाई ‘प्लेयर अफ दि इयर’ अवार्ड दिइएको थियो । उनले २१ गोल र ८ एसिस्ट गरेका गरेका थिए ।
३४ बर्षे खेलाडीले च्याम्पियन्स लिगको क्वाटरफाइनलमा आयाक्ससँग हार व्यहोरेको थियो । सोही लिगमा रोनाल्डोले एट्लेटिको म्याड्रिडविरुद्द ह्याट्रिक गरेपनि युभेन्टसले सेमिफाइनलको यात्रा भने तय गर्न सकेको थिएन ।
उता कोपा इटालियामा पनि सोही समयमा एटलान्टासँग हार व्यहोरेपछि बाहिरिएको थियो ।
हाल रोनाल्डो उनको सिजनल ब्रेकको बिदा मनाउँन घर (मदेइरा)मा छन् । केही दिनमा नै उनी प्रि–सिजन ट्रेनिङका लागि युभेन्टस फर्किने छन् । पाेर्चुगलका लागि ‘नेसन्स लिग’को उपाधि जितेपछि उनले क्लबका तर्फबाट पनि अझै धेरै उपाधि जित्ने आशा राखेका हुन् ।
‘म यहाँ(घरमा)परिवारसँग भएकोमा खुसी छु, म यहाँ अझै दुई दिन रहन्छु ।’ उनले भने ।
‘म जहिलेपनि नयाँ सिजनका लागि तयार रहन्छु जसले गर्दा उपाधि जित्नका लागि धेरै गोल गर्ने हौसला बढ्ने गर्दछ।’ उनले थपे ।
तर ३४ वर्षे फुटबलरलाई आगामी सिजनमा चुनौतीको सामना गनुपर्ने भएको छ । मिसिमिलानो एलेग्रीले क्लब छोडेपछि युभेन्टस खेलमा कमजोर देखिँदै आएको छ ।
एलेग्रीलाई पूर्व नेपोली र चेल्सी प्रशिक्षक मौरिजियो सारीले विस्थापन गरेका थिए । युभेन्टसका नयाँ प्रशिक्षक सारीले ०१८/१९ सिजनमा चेल्सीलाई युरोपा कप जिताएका थिए ।