एजेन्सी । कोपा अमेरिका फुटबलमा तेस्रो स्थानका लागि आज राति (शनिबार) अर्जेन्टिना र चिलीबीच प्रतिस्पर्धा हुदैछ । खेल नेपाली समय अनुसार पौने १ बजे सुरु हुनेछ ।
दुवै टोली यसअघिको संस्करणमा फाईनलमा भिडेका थिए । उपाधि भिडन्तमा चिलीले पेनाल्टी सुटआउटमा बाजी बारेको थियो ।
सेमिफाईनलको खेलमा अर्जेन्टिना घरेलु टोली ब्राजिलसंग २–० ले पराजित भएको थियो भने पेरुले चिलीलाई ३–० ले स्तब्ध पारेको थियो ।
अर्जेन्टिनाको प्रर्दशन प्रतियोगिता अवधिभर राम्रो रहन सकेन । उसले समुह चरणसंगै नकआउट चरणमा समेत गोलका लागि निकै संघर्ष गर्न पर्यो । तर चिलीले भने सेमिफाईनलमा पेरुसंग अप्रत्यासीत हार ब्यहोर्यो ।
पछिल्ला ६ भिडन्तमा चिलीले सन् २०१५ र २०१७ को कोपा अमेरिकाको फाईनलमा अर्जेन्टिनालाई हराएको छ ।
प्रतियोगिताको अन्तिम खेलमा दुवै टोलीले टिममा केही फेरबदल गर्न सक्नेछन् ।