• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
लाम्पार्डको 'लेजेन्डगिरी' !
खेलपाटी संवाददाता
आइतबार, असार २२, २०७६ खेलपाटी संवाददाता
लाम्पार्डको 'लेजेन्डगिरी' !

काठमाडौं । हाम्रोतिर चेल्सीको लोकप्रियता ह्वाट्टै बढ्दा त्यसका स्टार खेलाडी थिए, फ्रान्क लाम्पार्ड । चेल्सी मन पराउनेहरूमध्ये धेरै उनकै कारणले पनि क्लबका प्रशंसक भएका हुन सक्छन् । कोही खेलाडीको खेल मन परेपछि उनले खेल्ने टिमनै पनि मन पर्ने पनि हुन्छ । जे होस, एउटा तथ्य के निश्चित छ भने नेपालमै उनलाई मन पराउने फुटबल प्रशंसक धेरै छन् । तिनै मन पराउनेको मन फेरि दंग भएको हुनु पर्छ, प्रशिक्षकका रूपमा चेल्सीको उनको आगमनले ।

कुनै असहमती रहने छैन, यदी कसैले उनलाई चेल्सीका 'लेजेन्ड' हुन भन्दा । त्यसो त एउटा तस्बिर भर्खर खुबै भाइरल भएको छ, जसमा कोही एक जना चेल्सी समर्थकले लाम्पार्ड लेजेन्ड होइनन, बरू गद्दार हुन भन्ने पोस्टर देखाइरहेका थिए ।

खासमा त्यो केही क्षणको बहकिएको भावना मात्र थियो होला । सन् २००१ देखि २०१४ सम्म लाम्पार्डले आफ्नो खेल जीवनको उत्कृष्ट क्षण सबै चेल्सीका लागि सुम्पे । त्यसयता उनी म्यानचेस्टर सिटी गएको त पेन्सन पकाउन मात्रै थियो ।

खासमा यी लाम्पार्ड अर्को लन्डन क्लब वेस्ट ह्याम्पका उत्पादन हुन् । त्यहाँकै एकेडेमीमा हुर्के बढेका लाम्पार्डले पनि सिनियर स्तरमा पनि खेले । उनको पूरा परिवार नै वेस्ट ह्याम्प समर्थक हुन् । अझ बुबा त वेस्ट ह्याम्पका खेलाडी पनि भए, प्रशिक्षक पनि भए । छोरा लाम्पार्ड हुर्कदै गर्दा बुबा लाम्पार्ड वेस्ट ह्याम्पमा सहायक प्रशिक्षक थिए । मिडफिल्डमा आफ्नो उपयोगिता सावित गरेपछि उनी चेल्सीको नजरमा परिहाले, बाँकी त अब इतिहास नै भयो ।

अहिले लाम्पार्डको बाक्लो चर्चा हुनुको कारण चेल्सीमा उनको पुर्नआगमनका कारण हो, त्यो पनि प्रशिक्षकका रूपमा । खेल्न छाडेयता उनको रूचि टिम व्यवस्थापनमा रह्यो । पोहोरको सिजन उनी च्याम्पियनसिप टिम डर्बीमा थिए । डर्बीले बढुवाका लागि प्ले अफ पनि खेलेको थियो, तर प्रिमियर लिगमा बढुवा हुन सकेन् । भाग्य भनेको यही त हो, डर्बी प्रिमियर लिगमा नउक्लेर के भयो त ? लाम्पार्डले एकै पल्ट प्रिमियर लिगमा छलाङ मार्न पाए ।

डर्बीका लागि बढुवाको प्ले अफ खेल्न पाउनु राम्रै हो । त्यसका लागि लाम्पार्डलाई जस दिनै पर्छ । तर एउटा तथ्यमा भने के ठूलो अन्तर देखिन्छ भने च्याम्पियनसिप टिम सम्हाल्नु एउटा हो, प्रिमियर लिग टिम सम्हाल्नु अर्कै हो । धेरै फरक छ ।

यस्तोमा प्रश्न खडा हुन्छ, कतै लाम्पार्डले धेरै छिटो चेल्सी सम्हालने अवसर पाएका त होइनन ? चेल्सीको प्रदर्शन खराव भयो भने कहीं कतै लाम्पार्डको लेजेन्ड छविमा दाग लाग्ने त होइन ?

चेल्सीका रुसी मानिक रोमन अब्रामोभिच आफ्नो प्रशिक्षकलाई दया शून्य व्यवहार गर्न माहिर छन् । नतिजामा केही तलमाथि भयो भने प्रशिक्षक वर्खास्त गर्न उनलाई खासै केही पनि लाग्दैन, भलै त्यसका लागि करोडौं डलरको क्षतिपूर्ति तिर्नु पर्ने हुन्छ ।

स्टानफोर्ड ब्रिजको स्वामित्व किनेयता यी धनादयले १६ वर्षमा ११ प्रशिक्षक अनुबन्ध गरे, अनि लगभग त्यत्तिकै सख्यामा बर्खास्त पनि गरे । लाम्पार्ड उनको प्रशिक्षक नम्बर एक दर्जन हुन् ।

अब्रामोभिचले लाम्पार्डलाई नियुक्त गर्नुमा क्लब समर्थकको दृष्टिकोणबाट रोमान्टिक दृष्टिकोण पनि छ । आखिरमा लाम्पार्ड आए भनेपछि क्लबका समर्थक त्यस्तै पनि मख्ख परेका छन् । यो अनुबन्ध तीन वर्षको छ । तर यहींनिर फुटबल व्यवस्थापनको दृष्टिकोणले हेर्दा भने लाम्पार्डलाई नियुक्त गर्ने क्रममा यी रुसी धनाद्यले खुबै ठूलो जोखिम उठाएका छन् । यति ठूलो जोखिम उनले यसअघि अरू कोही प्रशिक्षक नियुक्त गर्दा पनि लिएका थिएनन् ।

यसअघि अब्रामोभिचले जति पनि प्रशिक्षक लिए, ती सबै अनुभवी थिए, त्यस अगाडि नै सफल भइसकेका थिए । लगभग सबैले आफुलाई अब्बल दर्जाका प्रशिक्षकका रूपमा प्रमाणित गरिसकेका थिए ।

इटालीका ५, पोर्चुगलका २, ब्राजिल, इजरायल, नेदरल्यान्ड्स, स्पेन र इजरायलका १-१ प्रशिक्षकको सीभी लामो थियो र त्यो प्रभावशाली थियो । अहिले प्रशिक्षकका रूपमा लाम्पार्डको सीभी भर्न पनि गाह्रो हुन्छ, खेलाडी छँदै यस्तो थिए भनेर गफ दिनु पर्छ ।

नभुलौं, लाम्पार्ड भर्खर ४१ वर्षका भए । चेल्सीका लागि उनले १३ वर्षमा २ सय ११ गोल गरे । त्यसक्रममा ११ ठूला उपाधि जिते । त्यसमा प्रमुख रूपमा ३ प्रिमियर लिग उपाधि र १ च्याम्पियन्स लिग पर्छ । प्रशिक्षकका रूपमा कुनै ठूलो सफलता ? शून्य । त्यो अर्थमा चेल्सीले लाम्पार्डको नाममा ठूलो न ठूलो जोखिम उठाएकै हो । लाम्पार्डको दृष्टिकोणबाट भने उनी वास्तवमै निकै भाग्यमानी रहे । खेल्न छाडेको केही वर्ष भएको छैन, सिधै प्रशिक्षक, त्यो पनि चेल्सीको ।

म्यानचेस्टर सिटीका पेप ग्वार्डिओला र लिभरपुलका योर्गन क्लोप अगाडि त लाम्पार्ड कतै छेउछाउ पनि पुग्दैनन् । तर कसैले पनि कुनै दिन आफ्नो यात्रा सुरु गर्ने त यस्तै स्थितिमा त हो । लाम्पार्डसामु आफुलाई प्रमाणित गर्ने ठूलो अवसर प्राप्त भएको छ ।

अबको केही दिनमै प्रिमियर लिग सुरु हुनेछ र यसस‌गै सुरु हुनेछ, युरोपेली च्याम्पियन्स लिगदेखि लिगकप र एफएकप पनि । त्यसो भनेको एकपछि अर्को खेल, लगातार । चेल्सी सम्हाल्ने प्रस्ताव आउँदा उनले दायाँ पनि हेरेनन होला, बायाँ पनि हेरेनन होला ।

सिधैं हुन्छ भने होला । फेरि तिनै चेल्सी र लाम्पार्डको प्रशंसकमा फर्कने हो भने उनीहरूमा एउटा डर पक्कै हुनेछ, कतै नतिजा राम्रो हुन सकेन्, आफु अनुकुल खेल भएन भने लाम्पार्डमाथि कसरी दोष खोज्ने प्रयास गर्ने ? त्यति मात्र कहाँ हो र ? कतै अब्रामोभिचको मुड तलमाथि भयो भने ? डर एक होइन, अनेक छन् ।

लाम्पार्ड लेजेन्ड हुन्, पक्कै पनि । खेल्ने बेला उनको मैदानमा दादागिरी चल्थ्यो । अब यही शतप्रतिशत लेजेन्डगिरीमाथि प्रश्न उठाउने दिन आए भने कति नमज्जा होला ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP