काठमाडौं । दोस्रो संस्करणको अन्तर कलेज प्याट्रियोट्स कप टी-ट्वान्टी क्रिकेट प्रतियोगितामा आजको खेलमा ब्लसवर्ड कलेज र गोल्डेनगेट कलेज विजयी भएका छन् ।
गोल्डेनगेटले कलेजले ओरियन्ट कलेजलाई पराजित गरेको हो । मुलपानीमा भएको खेलमा गोल्डेनगेट ७७ रनले विजयी भएको हो ।
गोल्डेन गेटले दिएको १ सय ४६ रनको लक्ष्य पछ्याएको ओरियन्टले १६ ओभर १ बलमा अलआउट हुदै ६८ रन मात्र बनाउन सक्यो ।
त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गोल्डेनगेटले २० ओभरमा ६ विकेट गुमाएर १ सय ४५ रन बनाएको थियो ।
आज नै भएको अर्को खेलमा ब्लुवर्ड कलेजले काठमाडौं विश्वविद्यालयलाई १ सय १४ रनले पराजित गरेको छ ।
ललितपुर प्याट्रियोट्स प्राइभेट कम्पिनीको आयोजनामा जारी यस संस्करणको प्रतियोगितामा १२ कलेजको सहभागीता रहको छ ।
गत बर्ष भएको पहिलो संस्करणमा ८ कलेजको सहभागीता रहेको थियो ।
मुलपानी क्रिकेट मैदानमा हुने यस प्रतियोगिताको व्यबस्थापन आडियासप नेपालले गर्नेछ । प्रतियोगिता २५ मार्च सम्म आयोजना हुनेछ ।
प्रतियोगिताको बिजेता कलेजले १ लाख र उपबिजेता कलेजले ५० हजार नगद प्राप्त गर्नेछ ।
प्रतियोगिताको उत्कृष्ट खेलाडीले २५ हजार नगद प्राप्त गर्दा बेस्ट बलर तथा ब्याटरले जनही १५ हजार पाउने छ ।
१५ खेल हुने प्रतियोगिताका हरेक खेलका म्यान अफ दि म्याचले नगद २५ सय प्राप्त गर्नेछन् ।