काठमाडौं। मुख्य प्रशिक्षक स्टुअर्ट लले स्टल्यान्ड भ्रमणका लागि दुई नयाँ अनुहारलाई टोलीमा समेटेका छन्।
शनिबार उनले आइसिसी क्रिकेट विश्वकप लिग २ पछि हुने टी२०आई सिरिजका लागि ब्याटर किरण ठगुन्ना र अलराउन्डर रुपेश सिंह टोलीमा समेटेका हुन्। यी दुईबाहेक लोकेश बमलाई पनि टोलीमा समावेश गरिएको छ।