काठमाडौं । ललितपुर मेयर्स कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा ललितपुर मेयर ११ ६५ रनमा अलआउट भएको छ ।
प्रतियोगिताको पहिलो खेल खेलिरहेको कोसीले आयोजक ललितपुर ११ ६५ रनमा अलआउट भएको हो ।
टियु मैदान कीर्तिपुरमा जारी रहेको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको ललितपुर ११ ले १६ ओभर ५ बलमा अलआउट हुदै ६५ रन बनाएको हो ।
ललितपुर ११ का लागि लक्ष्मी चौधरी २३ रन बनाउँदा अन्य खेलाडीले दोहोरो अंकमा रन बनाएनन् ।
कोसीका लागि निशा शाहले ३ तथा अप्सरी बेगमले २ विकेट लिईन् । ललितपुरका ३ खेलाडी रन आउट भए ।
कोशी प्रतियोगितामा पहिलो खेल खेल्दैछ । कोशी पनि जितका साथ प्रतियोगिता सुरुआत गर्ने लक्ष्यमा रहेको छ ।
आज भएको पहिलो खेलमा लगातार दोस्रो जित हात पारेको नेपाल एपीएफ क्लब शीर्ष स्थानमा रहेको छ ।
प्रतियोगितामा गत माघमा ईटहरीमा सम्पन्न प्रधानमन्त्री कप महिला टी-ट्वान्टी प्रतियोगिताको सेमिफाइनलमा स्थान बनाएका चार टोली तथा आयोजक ललितपुर मेयर्स ११ को टोलीको सहभागीता रहेको छ ।
प्रधानमन्त्री कप २०७९ को सेमिफाइनलमा रहेका सुदूरपश्चिम प्रदेश, कोशी प्रदेश, नेपाल एपिएफ क्लब र मधेश प्रदेश तथा आयोजक ललितपुर मेयर ११ ले प्रतिस्पर्धा गर्नेछन् ।
लिग चरणको पहिलो र दोस्रो स्थानको टोलीका बीचमा फाइनल हुनेछ। चैत १६ मा प्रतियोगिताको फाइनल खेल रहेको छ ।