• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
भलिबल
  • गृहपृष्ठ
  • भलिबल
शान्त र ब्रम्हरुपालाई उपाधि
खेलपाटी संवाददाता
शुक्रबार, फागुन १९, २०७९ खेलपाटी संवाददाता
शान्त र ब्रम्हरुपालाई उपाधि

पोखरा  ।  पाँचौं सृजना कपको उपाधि छात्रातर्फ शान्त मावि र छात्रतर्फ ब्रम्हरुपा माविले जितेका छन् ।

पोखरा रंगशालामा शुक्रबार फाइनलमा कन्या माविलाई सोझो सेटमा पराजित गर्दै शान्तले उपाधि रक्षा गरेको हो ।

पोखरा १८, भकुण्डेस्थित शान्त गत वर्षको पनि विजेता हो । अत्यन्तै प्रतिस्पर्धात्मक फाइनलमा कन्यालाई २५–२०, २५–१७ र २५–१६ सेटमा पराजित गर्दै शान्तले उपाधिसहित १ लाख रुपैयाँ जितेको छ ।

छात्रतर्फ राष्ट्रिय माविलाई ३–२ सेटमा पराजित गर्दै पोखराको राजाकोचौतारास्थित ब्रम्हरुपाले उपाधि चुमेको हो । अत्यन्तै प्रतिस्पर्धात्मक खेलमा २५–१८, १९–२५, २५–२०, १५–२५ र १५–१३ सेटमा हरायो । पहिलो सहभागितामै उपाधिसहित ब्रम्हरुपाले १ लाख पुरस्कार प्राप्त गरेको छ ।

छात्रातर्फ जनप्रिय मावि तेस्रो भयो । शुक्रबार तेस्रो स्थानको लागि भएको खेलमा इन्द्रराज्यलक्ष्मीलाई २५–१६, २५–१४ र २५–१९ को सोझो सेटमा हराएको हो ।

छात्रतर्फ साविक विजेता शान्त मावि यसपालि तेस्रो स्थानमा सीमित भयो । उसले जनप्रियलाई ३–१ सेटमा पराजित गरेको हो । २५–२२, २५–२१ गरी पहिलो दुई सेट आफ्नो पक्षमा पारेकोमा तेस्रो सेट गुमाउन पुगेको थियो । जनप्रियले १८–२५ ले पराजित गरेकोमा अन्तिम सेट भने शान्तले २५–१३ मा जित्न सफल भयो ।

छात्रछात्रा दुवैतर्फ विजेतालाई १÷१ लाख, उपविजेतालाई ६०÷६० हजार र तृतीयलाई  ३५÷३५ हजारसहित शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरियो ।

उत्कृष्ट खेलाडी छात्रातर्फ शान्त माविकी जमुना गुरुङ घोषित हुँदा छात्रतर्फ ब्रम्हरुपाका सुदीप परियार बने ।

छात्रातर्फ उत्कृष्ट सर्भर शान्तकी त्रिशला बराम, सेटर कन्याकी हिरा रोका, डिफेन्डर कन्याकै तुलकुमारी थापा, ब्लकर शान्तकी शोभा पाइजा, स्पाइकर जनप्रियकी स्माइल पुल, प्रशिक्षक शान्तका दिनेश चौधरी घोषित भए ।

छात्रतर्फ उत्कृष्ट सर्भर शान्तका ज्ञानु परियार, ब्लकर राष्ट्रियका राजकुमार सुनार, डिफेन्डर ब्रम्हरुपाका मनिष ठकुरी, सेटर ब्रम्हरुपाकै अञ्जन सुनार, स्पाइकर राष्ट्रियका अनिल परियार, प्रशिक्षक ब्रम्हरुपाका सुन्दर श्रेष्ठ घोषित भए ।

विजेतालाई प्रदेश खेलकुद परिषद् गण्डकी उपाध्यक्ष धोजकुमार गुरुङ, भलिबल संघका केन्द्रीय सल्लाहकार नारायण शर्मा, सृजना विकास केन्द्र अध्यक्ष कृष्णबहादुर थापा, कास्की जिल्ला भलिबल संघ अध्यक्ष विष्णु गुरुङ, सृजना विकासका संस्थापक अध्यक्ष डम्बरबहादुर केसी, पूर्व अध्यक्ष गणेशबहादुर अधिकारी, हरिप्रसाद बराल, निवर्तमान अध्यक्ष एवं प्रचार संयोजक इन्द्रप्रसाद पौडेल लगायतले पुरस्कार वितरण गरेका हुन् ।

सर्वोत्कृष्ट छात्रछात्रा दुवैलाई जनही ५ हजार र अन्य ६ विधाका उत्कृष्ट खेलाडीलाई पुरस्कृत गरियो । उत्कृष्ट प्रशिक्षकले ५ हजार पाए ।

सृजना विकास केन्द्र र कास्की जिल्ला भलिबल संघको संयुक्त आयोजनामा पाँचौं सृजना कप कास्की जिल्ला सामुदायिक विद्यालय छात्रछात्रा भलिबलमा छात्रतर्फ ३० र छात्रातर्फ १५ टिमले भाग लिएका थिए । 

समापन समारोहमा कास्की जिल्ला भलिबल संघ अध्यक्ष विष्णुबहादुर गुरुङको अध्यक्षतामा भएको हो । प्रमुख अतिथि राखेप बोर्ड सदस्य राजेशकुमार गुरुङले भलिबल खेलको विकासका लागि आफू सधैं दत्तचित्त रहेको बताए । कार्यक्रमको उद्देश्यमाथि सृजना विकास केन्द्रका अध्यक्ष कृष्णबहादुर थापाले प्रकाश पारेका थिए । स्वागत भलिबल संयोजक मीनप्रसाद भट्टराई र संचालन कास्की भलिबल संघ महासचिव टंकराज पौडेलले गरेका थिए ।

सो अवसरमा भलिबल संघका केन्द्रीय सल्लाहकार एवं टाइगर ग्रुपका अध्यक्ष नारायणप्रसाद शर्मा, भलिबल संघ कास्की निवर्तमान अध्यक्ष भीम पराजुली, सृजना विकास केन्द्रका संस्थापक अध्यक्ष डम्बरबहादुर केसी, हरिप्रसाद बराल, तत्कालीन सृजना रनिङ सिल्डका संयोजक एवं सृजना विकास केन्द्रका पूर्व उपाध्यक्ष वीरेन्द्रनारायण बिजुक्छेलाई भलिबल खेल एवं संस्थागत योगदानमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरियो ।

इन्द्रराज्यलक्ष्मी माविलाई अनुशासित टिमको उपाधि दिइयो । समापनमा सृजना बहिरा विद्यालयका विद्यार्थीले नृत्य प्रस्तुत गरेका थिए ।

स्कुल स्कुलमा भलिबल लक्ष्यका साथ आयोजित प्रतियोगिता ४ दिन चलेको थियो ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
पुलिसलाई हराउँदै इरानी टोली बन्यो च्याम्पियन
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
एपिएफलाई हराउँदै पुलिस फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
आर्मीलाई हराउँदै इरानी टोली फाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
गण्डकीलाई हराउँदै एपिएफ सेमिफाइनलमा
भारतीय टोलीले आर्मीलाई हरायो
भारतीय टोलीले आर्मीलाई हरायो
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
इरानी टोली सेमिफाइनलमा, गण्डकी पराजित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
बार्सिलोनासँगको खेलमा भिनिसियस र लुकास घाइते
नेपाल–भारतको नजर समूह विजेतामा
नेपाल–भारतको नजर समूह विजेतामा
आगामी शनिबारबाट आइपिएल
आगामी शनिबारबाट आइपिएल
जित्नैपर्ने दबाबमा नेपाल
जित्नैपर्ने दबाबमा नेपाल
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
एटालान्टा च्याम्पियन्स लिगमा छनोट
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP