युरोकपको नकआउट चरण आजबाट, दुई खेल हुँदै
नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने वेल्स र डेनमार्कबीच खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।
नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने वेल्स र डेनमार्कबीच खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।
बुधबार राति भएको अन्तिम चार खेलसँगै युरोकपको समूह चरणको खेल सकिएको हो ।
एलिनाज स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा हंगेरीले १-० गोलको अग्रता बनाएको छ ।
हंगेरीको पुस्कास एरिनामा जारी खेलको पहिलो हाफ सकिदा फ्रान्स र पोर्चुगलले १-१ गोलको बराबरी खेलेका छन् ।
समूह चरणको अन्तिम खेलमा बुधबार राति पोल्याण्डलाई ३-२ गोल अन्तरले पराजित गर्दै स्विडेन समूह विजेता बनेको हो ।
सेभियामा बुधबार राति भएको खेलमा स्लोभाकियालाई ५-० गोल अन्तरले पराजित गर्दै स्पेन अन्तिम १६ मा प्रवेश गरेको हो ।
पहिलो हाफको खेल सकिदा स्विडेनले १-० गोलको अग्रता बनाएको छ ।
सेभियामा जारी खेलको पहिलो हाफ सकिदा स्पेनले २-० गोलको अग्रता बनाएको छ ।
समूह 'ई' मा रहेको स्पेनले घरेलु मैदानमा स्लोभाकियासँग प्रतिस्पर्धा गर्नेछ । सेभियामा हुने स्पेन र स्लोभाकियाबीचको खेल राति ९:४५ बजे सुरु हुनेछ ।
जर्मनी २ खेलमा ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । हंगेरीलाई हराएर जर्मनी अन्तिम १६ को यात्रा तय गर्न चाहन्छ ।
विश्व विजेता फ्रान्स र साविक विजेता पोर्चुगलबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।
युरोकपमा आज समूह चरणका अन्तिम चार खेलहरु हुने छन् । जसमा समूह 'ई' र समूह 'एफ' को २/२ खेलहरु हुनेछन् । जारी युरोकपमा १२ टिमले नकआउट चरणमा स्थान बनाईसकेको छ ।