• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
युरोकपको नकआउट चरण आजबाट, दुई खेल हुँदै
खेलपाटी संवाददाता
शुक्रबार, असार ११, २०७८ खेलपाटी संवाददाता
युरोकपको नकआउट चरण आजबाट, दुई खेल हुँदै

एजेन्सी । युरोपको विभिन्न ११ शहरमा जारी १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरण अर्थात् अन्तिम १६ को खेलहरु आज (शनिबार) बाट सुरु हुँदैछ ।

नकआउट चरण अन्तर्गत शनिबार राति दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा वेल्स र डेनमार्क भिड्दा दोस्रो खेलमा इटाली र अष्ट्रिया प्रतिस्पर्धा गर्ने छन् ।

नेदरल्यान्ड्सको जोहान क्रुफ एरिनामा हुने वेल्स र डेनमार्कबीच खेल राति ९:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्न चाहन्छ ।

डेनमार्क समूह 'बी' को उपविजेता बन्दै अन्तिम १६ मा पुगेको हो । डेनमार्कले ३ खेलमा ३ अंक जोडेको थियो ।

समूह चरणको पहिलो खेलमा डेनमार्क फिनल्याण्डसँग १-० ले पराजित भएको थियो । यस्तै दोस्रो खेलमा डेनमार्कले बेल्जियमसँग २-१ ले पराजित भएको थियो । तर, अन्तिम खेलमा रुसलाई ४-१ गोल अन्तरले पराजित गर्दै डेनमार्क समूह उपविजेता बनेको हो ।

वेल्स समूह 'ए' को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । वेल्सले ३ खेलमा ४ अंक जोडेको थियो ।

समूह चरणको पहिलो खेलमा स्विट्जरल्यान्डसँग १–१ गोलको बराबरी खेलेको वेल्सले दोस्रो खेलमा टर्कीलाई २–० गोल अन्तरले पराजित गरेको थियो । तेस्रो खेलमा वेल्स इटालीसँग १-० ले पराजित भएको थियो ।

डेनमार्क र वेल्सबीच १० पटक प्रतिस्पर्धा भएको छ । जसमा डेनमार्क ६ पटक विजयी हुँदा वेल्सले ४ खेल जितेको छ ।

इंग्ल्यान्डको वेम्बली स्टेडियममा हुने इटाली र अष्ट्रियाबीचको खेल राती १२:४५ बजे सुरु हुनेछ । दुबै टिम जित निकाल्दै अन्तिम आठमा पुग्ने लक्ष्यसहित मैदान उत्रने छन् ।

इटाली समूह 'ए' को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । इटालीले ३ खेलमा ९ अंक जोडेको थियो ।

शतप्रतिशत जित निकाल्ने क्रममा इटालीले पहिलो खेलमा टर्कीलाई ३–० ले हराएको थियो । यस्तै दोस्रो खेलमा इटालीले स्विट्जरल्यान्डलाई ३–० गोल अन्तरले नै हराएको थियो । अन्तिम खेलमा इटालीले वेल्सलाई १-० ले हराएको  थियो ।

अष्ट्रिया भने समूह 'सी' को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो । अष्ट्रियाले ३ खेलमा ६ अंक जोडेको थियो ।

पहिलो पटक नकआउट चरणमा पुग्ने क्रममा अष्ट्रियाले पहिलो खेलमा नर्थ म्यासेडोनियालाई ३-१ ले हराएको थियो । तर, दोस्रो खेलमा नेदरल्यान्ड्ससँग २-० ले पराजित भएको थियो । अन्तिम खेलमा युक्रेनलाई १-० ले हराउँदै अष्ट्रिया नकआउट चरणमा पुगेको हो ।

 इटाली र अष्ट्रियाबीच अहिलेसम्म १३ पटक प्रतिस्पर्धा भएको छ ।  इटालीले अष्ट्रियासँग हार्नु परेको छैन । इटालीले अष्ट्रियाविरुद्ध १० खेल जित्दा ३ खेल बराबरी खेलेको छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
केन लगातार दोस्रो सिजन सर्वाधिक गोलकर्ता
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
डर्टमुन्ड र फ्र्याङ्कफर्ट च्याम्पियन्स लिगमा
युएईमा  रेखा सम्मानित
युएईमा रेखा सम्मानित
umbro nepal
  • ताजा समाचार
  • खेल आज
थाइल्यान्डसँगको खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने !
थाइल्यान्डसँगको खेलपछि केही सिनियर खेलाडीले सन्न्यास लिने !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
महिला टोलीमा नयाँलाई स्थान, पुरानालाई बिदाई !
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
पिएसजीको उत्सव, सेन्ट–एटिएनलाई रेलिगेटको पीडा
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
डिफेन्डिङ च्याम्पियन कोलकाता प्लेअफ दौडबाट बाहिरियो
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
सिटीलाई हराउँदै क्रिस्टलले जित्यो एफए कप
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP