सोमबार, १८ फाल्गुण २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रबन्ध सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

जर्मनीलाई हंगेरीको चुनौती

बुधबार, ०९ असार २०७८खेलपाटी संवाददाता
जर्मनीलाई हंगेरीको चुनौती
Loading ad...
mustang rice ad

एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा आज (बुधबार) राति जर्मनीले हंगेरीसँग प्रतिस्पर्धा गर्दैछ ।

जर्मनीले एलिनाज स्टेडियममा हंगेरीको सामना गर्नेछ । जर्मनी र हंगेरीबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

जर्मनी २ खेलमा ३ अंक जोडेर समूहको दोस्रो स्थानमा रहेको छ । हंगेरीलाई हराएर जर्मनी अन्तिम १६ को यात्रा तय गर्न चाहन्छ ।

पहिलो खेलमा फ्रान्ससँग १-० ले पराजित जर्मनीले दोस्रो खेलमा पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको थियो ।

हंगेरीविरुद्ध मैदान उत्रदा जर्मनी पोर्चुगलविरुद्धको लयलाई कायम राख्न चाहन्छ ।

'हंगेरीविरुद्ध कठिन खेल हुनेछ । आठ देखि नौं खेलाडीले डिफेन्ड गर्दै काउन्टर खेल्ने छन् । कति खतरानक छ उनीहरुले देखाईसकेका छन् । तर, मलाई विश्वास छ हामी हाम्रो गतिमा खेल्ने छौँ,' जर्मन प्रशिक्षक जोचिम लो भन्छन् ।

हंगेरी १ अंक जोडेर समूहको पुछारमा रहेको छ । हंगेरी पनि जर्मनीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ ।

पहिलो खेलमा पोर्चुगलसँग ३-० ले पराजित हंगेरीले दोस्रो खेलमा फ्रान्ससँग १-१ गोलको बराबरी खेलेको थियो ।

'हामी खेल्न चाहन्छौ । राम्रो प्रदर्शन गर्न चाहन्छौ । हमी हाम्रो प्लान 'ए' अनुसार म्युनिखमा हुने छौँ,' हंगेरीका मार्को रोसी भन्छन् ।

प्लेयर्स टु वाच -

काइ हाभर्टेज - जर्मनी

जर्मनी हंगेरीविरुद्ध सहज जित निकाल्न चाहन्छ । त्यसैले हंगेरीविरुद्ध जर्मनी अट्याकिङ फुटबल खेल्नेछ । जसका लागि जर्मनी टोलीले युवा अट्याकर काइ हाभर्टेजलाई अघि सार्ने छ ।

पोर्चुगलविरुद्ध जित निकाल्दा हाभर्टेजले उत्कृष्ट प्रदर्शन गरेका थिए । हाभर्टेजले एक गोल समेत गरेका थिए

२२ वर्षीय अट्याकिङ मिडफिल्डर हाभर्टेज इंग्लिस क्लब चेल्सीबाट व्यावसायिक फुटबल खेल्ने गर्छन् । हाभर्टेजले जर्मनीको उमेर समूहको यू–१६, १७, १९ टोलीबाट समेत खेलेका छन् । हाभर्टेजले  सिनियर टोलीबाट १६ खेल खेल्दा ४ गोल गरेका छन् ।

विलि ओर्वान – हंगेरी

जर्मनीका शक्तिशाली अट्याकरलाई रोक्न हंगेरीले डिफेन्डर विलि ओर्वानलाई तयार गर्नेछ । बुन्डेसलिगा क्लब आरबी लाईपजिगबाट खेल्दै आएका आर्वान जर्मनीविरुद्ध डिफेन्स लाईनमा व्यस्त रहनेछन् ।

२८ वर्षीय विल्लीसँग जर्मनको यू-२१ टोलीबाट खेलेको अनुभव छ । उनले हंगेरीको राष्ट्रिय टोलीबाट २३ खेल खेल्दा ५ गोल गरेका छन् । उनले सुरुवाती दुई खेलमा उत्कृष्ट खेलेका थिए ।

 

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
मनाङ र प्लानिङको बराबरी

मनाङ र प्लानिङको बराबरी

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

सञ्जु एक्लैले भारतलाई सेमिफाइनलमा पुर्‍याए

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

तेस्रो स्थानमा आइपुग्यो युनाइटेड

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

झन्डै चार वर्षपछि मैदान फर्किए डोना

एनआरटीको सकसपूर्ण जित

एनआरटीको सकसपूर्ण जित

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

गुग्लिएल्मोले सम्हाल्ने भए नेपाली फुटबल टिम

 खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

खराब नतिजासँगै जयसूर्याले दिए राजीनामा

कमजोर टोलीमाथि आर्मी एकपक्षीय

कमजोर टोलीमाथि आर्मी एकपक्षीय