एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले स्विडेनले पोल्याण्डसँग प्रतिस्पर्धा गरिरहेको छ ।
पहिलो हाफको खेल सकिदा स्विडेनले १-० गोलको अग्रता बनाएको छ ।
खेलको दोस्रो मिनेटमा इमिल फोर्सवर्गले गोल गर्दै स्विडेनलाई सुरुवाती अग्रता दिलाएका हुन् ।
खेलको १७ औं मिनेटमा पोल्याण्डका रोबर्ट लेवान्डोस्कीले गोलको अवसर गुमाए । उनको हेडर बल क्रसबारमा लाग्दै फर्किएको थियो । रिबाउन्डमा आएको बलमा उनको दोस्रो हेडर प्रहार पनि पोस्टमा लागेर फर्किएको थियो ।
स्विडेन ४ अंक जोडेर समूहको शीर्ष स्थानमा रहेको छ । स्विडेन नकआउट चरणमा पुगिसकेको छ ।
तर, आज पोल्याण्डलाई हराएर स्विडेन समूह विजेता बन्दै अन्तिम १६ मा पुग्ने योजनामा रहेको छ ।
पोल्याण्ड १ अंक जोडेर समूहको पुछारमा रहेको छ । पोल्याण्डको पनि अर्को चरणमा पुग्ने सम्भावना कायम रहेको छ ।
