एजेन्सी । १६ औं संस्करणको युरोकप फुटबलमा अहिले जर्मनीले हंगेरीसँग प्रतिस्पर्धा गरिरहेको छ ।
एलिनाज स्टेडियममा जारी खेलको पहिलो हाफ सकिदा हंगेरीले १-० गोलको अग्रता बनाएको छ ।
खेलको ११ औं मिनेटमा कप्तान एडम सज्लाईले गोल गर्दै हंगेरीलाई अग्रता दिलाएका हुन् । उनले रोलान्डको पासमा उत्कृष्ट हेडर गोल गरे ।

पहिलो हाफमा जर्मनीले पाएको मौकालाई सदुपयोग गर्न सकेनन् ।
खेलको २१ औं मिनेटमा माट हुमेल्सको हेडर क्रसबारमा लागेर फर्किएको थियो ।
आज हंगेरीलाई हराएर जर्मनी अन्तिम १६ को यात्रा तय गर्न चाहन्छ ।
पहिलो खेलमा फ्रान्ससँग १-० ले पराजित जर्मनीले दोस्रो खेलमा पोर्चुगललाई ४-२ गोल अन्तरले पराजित गरेको थियो ।
हंगेरी पनि जर्मनीलाई हराएर नकआउट चरणमा पुग्न चाहन्छ । पहिलो खेलमा पोर्चुगलसँग ३-० ले पराजित हंगेरीले दोस्रो खेलमा फ्रान्ससँग १-१ गोलको बराबरी खेलेको थियो ।