• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
विद्यालय खेलकुद
  • गृहपृष्ठ
  • विद्यालय खेलकुद
टेबल टेनिसमा नारायण र रेज्शालाई स्वर्ण
खेलपाटी संवाददाता
शुक्रबार, असार २२, २०७५ खेलपाटी संवाददाता
टेबल टेनिसमा नारायण र रेज्शालाई स्वर्ण
काठमाडौं । काठमाडौं विश्वविद्यालय (केयू) का नारायण घिमिरे र रेज्शा खोतेजाले तेर्सो प्रधानमन्त्री कप विश्वविद्यालय खेलकुदको टेबल टेनिसतर्फ शुक्रबार स्वर्ण जितेका छन् ।
 
लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रमा भएको पुरुष फाइनलमा नारायणले केयूकै टेन्डी शेर्पालाई ११–७, ११–९, १०–१२, ११–५, ४–११, ८–११ र ११–६ को सेटमा पराजित गरे । महिला फाइनलमा रेज्शाले आफ्नै विश्वविद्यालयकी नम्रता ढकाललाई १–११, ५–११, ११–८, १३–११ र ११–५ को सेटमा हराइन् ।
 
राष्ट्रिय खेलकुद परिषद् (राखेप) द्वारा आयोजित प्रतियोगितामा नारायण र रेज्शाले आ–आफ्नो साथीसंग मिलेर डबल्समा पनि स्वर्ण हात पारे ।
फाइनलमा नारायण र टेन्डीको जोडीले त्रिभूवन विश्वविद्यालय (टीयू) का करण राई र सन्दिप भुर्तेलको जोडीलाई ९–११, ११–८, ११–३ र ११–६ ले पाखा लगाए । रेज्शा र नम्रताको जोडीले केयूका ज्योति खनाल र सिजा अर्यालको जोडीलाई ११–८, ११–८ र ११–६ को सीधा सेटमा फाइनलमा पन्छ्याउदै स्वर्ण जिते ।
 
विजेतालाई राखेपका सदस्य सुदिल शाही, अखिल नेपाल टेबलटेनिस संघका अध्यक्ष चतुरानन्दराज वैद्य र प्रथम उपाध्यक्ष धर्ममान वज्राचार्यले एक कार्यक्रमबीच पुरस्कृत गरे ।
 
 
भलिबलको पुरुष÷महिला दुवैमा टीयू र सुदूरपश्चिमाञ्चल उपाधिका लागि भिड्ने भएका छन् । त्रिपुरेश्वरस्थित राखेप कभर्डहलमा भएको पुरुष सेमिफाइनलमा टीयूले मध्यपश्चिमाञ्चल विश्वविद्यालयलाई २५–२०, २७–२५ र २५–१७ तथा सुदूरपश्चिमाञ्चलले केयूलाई २५–१६, २५–२३ र २५–१७ को सोझो सेटमा पराजित गरे ।
 
महिलामा टीयूले मध्यपश्चिमाञ्चललाई २५–८, २५–१८ र २५–१४ तथा सुदूरपश्चिमाञ्चलले पूर्वाञ्चललाई २५–२१, २५–१७ र २५–१५ ले हराए ।
 
 
यस्तै ब्याडमिन्टनको पुरुष सिंगल्समा टीयूका जीवन आचार्य र टीयूका पूर्णबहादुर थापा फाइनलमा पुगे । जीवनले केयूका विष्णु पाण्डेलाई २१–८ र २१–१२ तथा पूर्णले कृषि तथा वन विज्ञान विश्वविद्यालयका प्रशान्त भट्टलाई २१–१३ र २१–३ को सोझो सेटमा पराजित गरे ।
 
कीर्तिपुरमा भएको प्रतियोगिताको महिला सिंगल्समा टीयूकी सीताकुमारी राईले सुदूरपश्चिमाञ्चलकी हेमा जोशीलाई २१–५ र २१–५ तथा टीयूकी तारा आले मगरले केयूकी आस्मा भट्टराईलाई २१–१३ र २१–६ को सीधा सेटमा हराउदै फाइनलमा प्रवेश गरे ।
 
पुरुष डबल्समा टीयूका जीवन र पूर्णको जोडी तथा कृषिका प्रशान्त र लक्ष्मी जोडीले उपाधि भिडन्त पक्का गरे । सो स्पर्धाको महिलामा टीयूका तारा र सीताको जोडी तथा केयूका आस्मा र शान्ता अर्यालको जोडी उपाधिका लागि भिड्ने छन् ।
 
umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाल युथ गेम्स हुने
नेपाल युथ गेम्स हुने
एम्बेसडर र नारायणी च्याम्पियन
एम्बेसडर र नारायणी च्याम्पियन
जि एन्ड ए एकेडेमी प्लेट च्याम्पियन
जि एन्ड ए एकेडेमी प्लेट च्याम्पियन
नारायणगढको अपराजित यात्रा कायमै
नारायणगढको अपराजित यात्रा कायमै
ओसन कपमा नारायणगढको दोहोरो जित
ओसन कपमा नारायणगढको दोहोरो जित
ग्रिनफिल्ड, जेभियर, सिसिआरसी र गोल्डेन गेट सेमिफाइनलमा
ग्रिनफिल्ड, जेभियर, सिसिआरसी र गोल्डेन गेट सेमिफाइनलमा
umbro nepal
  • ताजा समाचार
  • खेल आज
सुजनले दिलाए नेपाललाई अग्रता
सुजनले दिलाए नेपाललाई अग्रता
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
च्याम्पियन्स लिगको दौडमा न्यूक्यासलको अग्रता
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
श्रीलंकाविरुद्ध खेल्ने नेपालको सुरुआती ११ सार्वजनिक
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
बंगलादेश सेमिफाइनलमा, भुटानलाई जित्नैपर्ने दबाब
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
च्यासल र टुसाललाई रेलिगेसन खतरा यथावत्
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP