इटानगर (भारत)। सुजन डंगोलले साफ यु–१९ च्याम्पियनसिप जारी खेलमा नेपाललाई सुरुआती अग्रता दिलाएका छन्।
भारतको युपिस्थित गोल्डेन जुब्ली स्टेडियममा श्रीलंकाविरुद्ध नेपालले पहिलो हाफमा १–० को अग्रता लिएको हो। उनले ४ मिनेटको अतिरिक्त समय सकिन केही सेकेन्ड बाँकी रहँदा गोल गरेका हुन्।
राम थापाले दिएको क्रस बललाई सुजनले नियन्त्रणमा लिएका थिए। डिबक्सभित्र रहेको बेला लछु थापाले श्रीलंकाका अन्तिम डिफेन्डरलाई ब्लक गर्दै सुजनका लागि गोल गर्ने अवसर मिलाइदिएका थिए। जसलाई उनले गुमाएनन्।