तेस्रो कार्यकाल अध्यक्ष बन्न विधान संशोधनको तयारी
नेतृत्वको हिसाबले आफ्नो दोस्रो कार्यकालको उत्तरार्धमा रहेका जीवनरामले एनओसी कार्यसमिति बैठकमा विधान संशोधनको अजेन्डा प्रवेश गराएका हुन्। बिहीबार एनओसी हेडक्वार्टर सातदोबाटोमा बसेको कार्यसमिति बैठकमा महासचिव निलेन्द्रराज श्रेष्ठले विधान संशोधनको प्रस्ताव पेस गरेका थिए।











