• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
अन्य
  • गृहपृष्ठ
  • अन्य
पोखरामा राष्ट्रिय पुरुष हक्की सुरु
खेलपाटी संवाददाता
सोमबार, असार १०, २०८१ खेलपाटी संवाददाता
पोखरामा राष्ट्रिय पुरुष हक्की सुरु

काठमाडौं। नेपाल हक्की संघको आयोजनामा पाँचौं गिरिजाप्रसाद कोइराला स्मृति राष्ट्रिय हक्की पोखरामा सोमबारदेखि सुरु भएको छ ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप) को सहकार्यमा भएको प्रतियोगिताको पहिलो दिन ६ खेल सम्पन्न भएको संघकी महासचिव सुवर्ण श्रेष्ठले जानकारी दिएकी छन् ।

पहिलो दिनको खेलमा घरेलु टोली गण्डकीले एकमा जित एकमा हार निकाल्दा, विभागिय टोली नेपाल आर्मीले दोहोरा जित आत्मासात् गर्‍यो ।

उद्घाटन खेलमा गण्डकी विभागिय टोली नेपाल पुलिस क्लब संग ३–१ ले पराजय व्यहोरेको छ । खेलमा नेपाल पुलिसका सुरेशप्रसाद जोशीले १४ र १८ मिनेटमा दुई गोल गरे भने अर्को गोल रोमन रानाले खेलको ३० औं मिनेटमा गरेका थिए । गण्डकीका लागि एक मात्र गोल खेलको २३ औं मिनेटमा पवन परियारले गरेका थिए । खेलमा रोमन प्लेयर अफ दि म्याच बने ।

अर्को खेलमा घरेलु टोली गण्डकी विजयी भयो । प्रतियोगिता अन्तर्गत नै भएको पहिलो चरणको छैटौं खेल तथा आफ्नो दोस्रो प्रतिस्पर्धामा गण्डकीले कोशी प्रदेशलाई ६–० को भारी गोल अन्तरले पारजित गरेको हो । गण्डकीका अशिम बाहेकले ह्याट्रिक गरे । उनले ७, १५ र २० औं मिनेटमा गोल गरे भने म्याच अफ दि प्लेयर समेत रहेका प्रेम विकले एक गोल गर्दा कुशल नेपालीले २ गोल गरे ।

यस्तै विभागिय टोली आर्मीले कर्णाली प्रदेश विरुद्ध ५–० ले जित निकालेको छ भने बागमती प्रदेशविरुद्ध ८–० ले जितेको हो । कर्णाली विरुद्धको खेलमा दिपेन्द्र ऐरले ह्याट्रिक पूरा गरे । उनले खेलको ९, १२ र १३ मिनेटमा गोल गर्दा खेलको १४ औं मिनेटमा प्रदीप राजवंशी र एक गोल २५औं मिनेटमा अमर बहादुर गुरुङले गरे । खेलमा दिपेन्द्र प्लेयर अफ द म्याच घोषित भए । त्यस्तै बागमती संग भएको खेलमा प्लेयर अफ द म्याचसमेत रहेका दिपेन्द्र राजवंशीले ४ गोल गरे भने अमर बहादुर गुरुङले २ गोल गर्दा राजेन्द्र कार्की र दिपेन्द्र ऐरले १–१ गोल गरे ।

प्रतियोगिता अन्तर्गत नै भएको खेलमा मधेश प्रदेश बिजयी भएको छ । बागमती विरुद्धको खेलमा ३–० ले विजयी भएको हो । खेलमा अजय शाहले खेलको २ मिनेटमा नै मधेशका लागि खाता खोले भने सविर शेख र रुपेश राईले टिमका लागि थप १–१ गोल गरे ।
लुम्बिनीलाई कोशीले २–० गोलले पाखा लगाएको छ । खेलमा मणिकुमार विश्वकर्मा र उत्तम चमारियाले समान १–१ गोल गरे ।
प्रतियोगिताको उद्घाटन गर्दै राखेपका सदस्यसचिव टंकलाल घिसिङले आफू सधैँ खेलाडीहरुको सारथी बन्ने बताएका छन् । नेपालको इतिहास बोकेको खेल हक्कीलाई नजिक बाट हेरिरहेको बताउँदै भने–“नेपाली खेलाडीहरुलाई सम्मान गर्न कानुन नै निर्माण गरेर हामी अघि बढेका छौं । यहाँहरु आ–आफ्नो खेलबाट अघि बढनुहोस् । म यहाँहरुको सारथी बनेर यहाँहरुको साथमा रहनेछु ।”

समाजले खेलाडीहरुलाई हिरोको रुपमा हेरेको र खेलाडीहरुनै समाजको अग्रभागमा रहेकोले निरन्तररुपमा अघि बढ्न समेत सुझाव दिंदै सदस्य सचिब घिसिङले आफू सदैव हक्कीको विकासका लागि सहयोग गर्न तयार रहेको समेत प्रतिवद्धता व्यक्त गरे । उनले भने–“पोखरामा विभिन्न प्रतियोगिताहरु निरन्तर भइरहेको छ । पोखरालाई खेलकुदको हव बनाउँदै व्यवसायिक खेलकुदको विकास संगै यसको उचाई बढाउन समेत परिषद तयार रहेको छ ।”

सो अवसरमा प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिब श्रीधर शर्माले पोखरामा यस प्रकारका कार्यक्रम हुनुले खेलकुदको विकासमा सहयोग पुगने उल्लेख गरे ।

नेपाल हक्की संघका अध्यक्ष अनिलप्रसाद शर्माको अध्यक्षतामा कार्यक्रम भएको थियो । यहि असार १२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा दुई विभागिय टोलीसहित विभिन्न ६ प्रदेश गरी ८ टिमको सहभागिता रहेको छ । प्रतियोगितामा उपाधि बिजेताले नगद रु ५० हजार, उपबिजेताले नगद रु ३० र तेश्रोले नगद रु १५ हजारका साथमा ट्रफी, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन् ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
'कन्ट्रोल फन्डिङ' हटेर के हुन्छ ?
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
एनपीएल विवाद छानबिन कार्यदलको संयोजक रञ्जनाले दिइन् राजीनामा
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
टेबलटेनिसकाे लेभल वान कोचिङ कोर्ष सुरू
उसुका विजयले पाए ६५ लाख !
उसुका विजयले पाए ६५ लाख !
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
इङ्ल्यान्डसँग भारत पराजित
इङ्ल्यान्डसँग भारत पराजित
पुलिसको जितमा समीरको ४ गोल
पुलिसको जितमा समीरको ४ गोल
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
हिमालयन १०० एक्स टु ब्लिट्ज चेस प्रतियोगिता शनिबार
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
कर्णालीको प्रशिक्षकमा ज्ञानेन्द्र
दबाबमा चम्किने पाल्मर
दबाबमा चम्किने पाल्मर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP