• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
गल्फ
  • गृहपृष्ठ
  • गल्फ
सदभाव दोस्रो दिन शीर्ष स्थानमा 
खेलपाटी संवाददाता
मंगलबार, मंसिर ५, २०८० खेलपाटी संवाददाता
सदभाव दोस्रो दिन शीर्ष स्थानमा 

काठमाडौं । सूर्य नेपाल सेन्ट्रल ओपनको दोस्रो दिन एमेच्योर युवा गल्फर सदभाव आचार्य ३ स्ट्रोकको अग्रता सहित शीर्ष स्थानमा उक्लिन सफल भएका छन्।

सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको पहिलो प्रतियोगितामा राष्ट्रिय गल्फ टिमका सदस्य सदभावले गोकर्ण गल्फ क्लबमा आज ४-अन्डर ६८ स्कोर गर्दै समग्रमा १०-अन्डर १ सय ३४ सहित प्रोफेसनल गल्फर दिनेश प्रजापतिलाई ३ स्ट्रोकले पछि पारे।

दिनकै उत्कृष्ट स्कोर कार्ड बनाउने क्रममा दिनेशले ७-अन्डर ६५ खेले। समग्रमा ७-अन्डर १ सय ३७ सहित दोस्रो स्थानमा उक्लिए। समग्रमा ५-अन्डर १ सय ३९ को स्कोरमा तेस्रो स्थानमा उक्लिएका जयराम श्रेष्ठले ३-अण्डर ६९ खेले। 

पहिलो दिनका लिडर एमेच्योर टासी छिरिङले २-अन्डर १ सय ४२ को नतिजामा चौथो स्थानमा तल झरे। उनले आज ५-ओभर ७७ को बिर्सनलायक प्रदर्शन गरे। आज ३-अन्डर ६९ स्कोर गरेका धन बहादुर थापा समग्रमा १-अन्डर १ सय ४३ सहित पाँचौ स्थानमा रहे। समग्रमा इभन पार १ सय ४४ सहित भुवन नगरकोटी छैटौ स्थानमा छन। उनले आज १-अन्डर ७१ मा दिनको खेल सकाए। 

समग्रमा १-ओभर १ सय ४५ स्कोरका साथ सञ्जय लामा र नीरज तामाङले संयुक्त रुपमा सातौं स्थान बाँडे। नीरजले आज ३-अन्डर ६९ मा र ४-ओभर ७६ मा खेल सकाए। कुमार कामी र प्रदीप कुमार लामा समग्रमा २-ओभर १ सय ४६ सहित संयुक्तरुपमा नवौं स्थानमा रहे। कुमारले १-अन्डर ७१ र २-ओभर ७४ मा खेल सकाए। 

शीर्ष स्थानमा उक्लने क्रममा सदभावले चौथो, छैटौ र सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ३-अन्डर ३३ मा सकाए। ब्याक नाइन भने १ अन्डर ३५ मा पुरा गरे। १०औं, १२औं र १५ औं होलमा एक-एक सट बचाए पनि १०औं र १८औं होलमा बोगी खेपे। 

दिनेशले उत्कृष्ट प्रदर्शन गर्ने क्रममा फ्रन्ट नाइन ५-अन्डर ३१ खेले। उनले पहिलो, तेस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डीको सफलता प्राप्त गरे। यसपछि उनले ११औं, १५औं, १६औं र १७ औं होलमा चार बर्डी प्रहार गरेपनि १२औं र १४ औं होलमा एक-एक सट खेर फाल्दा ब्याक नाइन २-अन्डर ३४ मा पुरा गरे। यो स्कोरमा उनी प्रोफेसनलतर्फ सबैभन्दा अगाडि रहेका छन। 

जयरामले पहिलो, तेस्रो, चौथो, छैटौं र सातौं होलमा बर्डी प्रहार गर्दै फ्रन्ट नाइन ५-अन्डर ३१ मा फ्रन्ट नाइन सकाउँदै सानदार सुरुवात गरे। तर यो लयलाई ब्याक नाइनमा निरन्तरता दिन सकेनन्। ११औं र १६औं होलमा बर्डी प्रहार गरेपनि १३औं र १७औं होलमा बोगी र १४ औं होलमा डबल बोगीको सामना गरे। उनले ब्याक नाइन २-ओभर ३८ मा सकाए। 

१४-ओभर १ सय ५८ सम्म स्कोर गरेका २१ प्रोफेसनल गल्फरहरू रमेश अधिकारी, रवि खड्का, बल भद्र राई, तोरण विक्रम शाही, भुवनकुमार रोक्का, सुनील केसी, दीपक मगर, रामे मगर, शिवरा पौडेल, पशुपति शर्मा, दलबहादुर लामा र टाशी घलेले कट बनाएका छन्। यस्तै अन्य तीन एमेच्योर गल्फर युवराज भुजेल, अमित बोगटी र उदिम राईपनि अन्तिम १८ होलको प्रतिस्पर्धाको लागि स्थान बनाएका छन्। 

७२ होलको चारदिने प्रतियोगितामा ३३ प्रोफेसनल र ५ एमेच्योर गरी कुल ३८ खेलाडीको सहभागिता रहेको छ। कुल ८ लाख ४० हजार नगद पुरस्कार राशीको प्रतियोगिताको विजेताले १ लाख ४५ हजार नगद पुरस्कार प्राप्त गर्नेछ। दोस्रो र तेस्रो हुने खेलाडीले क्रमश ९४ हजार र ७० हजार नगद पुरस्कार प्राप्त गर्नेछन्। साथै कट बनाउने अन्य प्रोफेसनल गल्फरले पनि नगद पुरस्कार प्राप्त गर्नेछन्।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुवन र नीरज क्वार्टरफाइनलमा
भुवन र नीरज क्वार्टरफाइनलमा
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको उपाधि दोर्जेलाई
बाह्रखरी गल्फको विजेतालाई  ‘सुनको बल’
बाह्रखरी गल्फको विजेतालाई ‘सुनको बल’
सद्भाव, इधान्त र‌ अभानी शीर्ष स्थानमा
सद्भाव, इधान्त र‌ अभानी शीर्ष स्थानमा
सञ्जयको टिमलाई इस्टर्न ओपन प्रो–एमको उपाधि
सञ्जयको टिमलाई इस्टर्न ओपन प्रो–एमको उपाधि
निरजलाई उपाधि, शुक्रको रेकर्ड बराबरी गर्न सफल
निरजलाई उपाधि, शुक्रको रेकर्ड बराबरी गर्न सफल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
डिएभी च्याम्पियन
डिएभी च्याम्पियन
डेब्यु खेलमै पूजाको गोल
डेब्यु खेलमै पूजाको गोल
असाधारण यमल
असाधारण यमल
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
कोहलीले लिए टेस्ट क्रिकेटबाट सन्न्यास
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
च्याम्पियन्स लिगमा स्थान बनाउन संघर्ष झनै चर्कियो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP