काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबल अन्तर्गत अहिले थ्री स्टार क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा जारी खेलको पहिलो हाफ सकिदा थ्री स्टार र च्यासलले गोलरहित बराबरी खेलेका छन् ।
दुवै टोलीले पहिलो हाफमा गोलको अवसर निकाल्न सकेनन् ।
आज दुवै टिम जित निकाल्दै लिगको सुखद अन्त्य गर्न चाहन्छन ।