काठमाडौं। एएफसी यु–२३ एसियन कप छनोट खेल्ने तयारीमा रहेको नेपाली राष्ट्रिय टोलीको दोस्रो चरणको छनोटबाट मिडिफिल्डर विज्ञान खड्कासहित थप १३ खेलाडी बाहिरिएका छन्।
मुख्य प्रशिक्षक नवीन न्यौपानले दोस्रो चरणको छनोटमा ८९ बाट ५३ खेलाडीलाई बोलाएका थिए। तर, उनले त्यसबाट थप १३ खेलाडी घटाएका हुन्।
छनोटमा नेपाल समूह ‘के’ मा छ। नेपाल रहेको समूहमा ताजकिस्तान, सिरिया र फिलिसिन्स छन्।
यस समूहको खेल ताजकिस्तानमा हुने एएफसीले जनाएको छ। छनोट प्रतियोगितामा ४४ वटा यु–२३ राष्ट्रिय टोली सहभागी हुनेछन्। ती टोलीलाई ११ समूहमा विभाजन गरिएको छ। छनोट चरणका खेल सेप्टेम्बर १ देखि ९ सम्म सञ्चालन हुनेछन्।
प्रत्येक समूहको शीर्ष टोली र चार उत्कृष्ट उपविजेता टोलीले २०२६ मा साउदी अरबमा आयोजना हुने प्रतियोगितामा स्थान बनाउनेछन्। आयोजक राष्ट्र साउदी भने सिधै छनोट भइसकेको छ।
प्रारम्भिक टोली
गोलरक्षक :
कृष्ण मोक्तान, जियारथ सेख, रुबिन बोगटी, अमित टमाटा, विशाल केसी, विवेक मगर
डिफेन्डर:
सिमन्त थापा, आयुष तिमिल्सिना, निग्मा लामा, शंकर थारु, अश्विन घोरासैनी, विशाल नेपाली, विवेक गुरुङ, राम थापा, अनिश परियार, सविन घिमिरे, सन्दीप केसी, शेसन दानी, अभिषेक वाइबा, लहान सुब्बा
मिडफिल्डर:
दिपेश गुरुङ, अभि स्याङ्तान, पुजन थापा, प्रशान्त लक्क्षम, जन्मजय धामी, सञ्जीव लामा, सरोज दर्लामी, पेम्बा लामा, रोजल दाहाल
फरवार्ड:
नीरज कार्की, सविन लुङ्गेली, नीरञ्जन धामी, अनिल बोम्जन, एरोन थापा, सुजन मगर, दिपेश चम्लिङ राई, अनिश क्षेत्री, रोहन खड्गी, सुजन डंगोल, मोहित गुरुङ