'हाइ पर्फमेन्स सेन्टर'को निर्माण, प्रधानमन्त्रीबाट उद्घाटन

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेपका संरक्षक प्रधानमन्त्री केपी शर्मा ओलीले खेलकुद विज्ञान तथा अनुसन्धान केन्द्र र नेसनल हाइ पर्फमेन्स सेन्टरको बिहीबार उद्घाटन गरेका छन् ।
दुवै नवनिर्मित संरचना सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसर हातामा राखेपले निर्माण गरेको हो । उद्घाटनका क्रममा प्रधानमन्त्री ओलीले केन्द्र र सेन्टरमा रहेका उपकरणका बारेमा पनि जानकारी लिएका थिए ।
उद्घाटनपछि प्रधानमन्त्री ओलीले परिसर हातामै रहेको आउटडोर पौडी पोखरी र हिटिङ पौडीको पनि अवलोकन गरे ।
राखेपले नेपाली खेलकुद इतिहासमा पहिलोपटक खेलाडीका लागि उच्चस्तरको सुविधा सम्पन्न प्रशिक्षण केन्द्र निर्माण गरेको हो । सेन्टरको निर्माणले नियमित रुपमा प्रशिक्षण गर्नका लागि सुविधा सम्पन्न प्रशिक्षण स्थलको अभावलाई थोरै भए पनि पुर्ति गर्ने राखेपले बताएको छ ।
सेन्टरमा १ सय जनाले एकै पटक अभ्यास गर्न सक्ने छन् । सेन्टरको क्षेत्रफल ७ हजार ५ सय ७८ वर्ग फिट रहेको छ । सेन्टरमा जिम हलको पनि सुविधा छ । त्यसको क्षेत्रफल ४ हजार ९६ वर्ग फिट छ ।
जिमहलमा १० वटा बाथरुम, ३० जनाले एकै पटक प्रयोग गर्न सक्ने चेन्जिङ रुम, लकर रुम, कार्यालय कक्ष, भण्डार कोठा, सुविधा सम्पन्न शौचालय, थेरापी रुम, स्टिम रुम, ट्रेडमिल, इलिप्टिकल, इन्डोर बाइक, सिटेड रो, पुलडाउन, स्क्वाट स्टेन्ड, फङसनल ट्रेनिङ सिस्टम, एङगल्ड लेग प्रेस, लेग एक्सटेन्सन, लेग कर्ल, स्मिथ मसिन, पावर स्टेन्ड, एड्जस्टेबल डिक्लाइन स्टेन्ड, फ्लेट स्टेन्ड, ओलम्पिक फ्लेट स्टेन्ड, डिप÷चिन एसिस्ट, सिटेड काल्फ, वेट प्लेट ट्रि, टु टायर डम्बेल स्टेन्ड, बारबेल ¥याक स्ट्रेट, ब्याक एक्सटेन्सन लगायतका उपकरणहरु रहेका राखेपले जनाएको छ ।
अध्याधुनिक प्रविधिमा खेलाडीको समग्र पक्ष परिक्षण र अनुसान्धान गरी खेलाडीको प्रशिक्षणलाई थप प्रभावकारी बनाउने उदेश्यसहित अनुसन्धान केन्द्र स्थापना गरिएको राखेपको भनाई छ ।
केन्द्रमा पोर्टेबल भीओ, टेस्टिङ डिभाइस, ब्लड लेक्टेट एनालाइजर, सर्फेस इएमजी, मोसन ट्रेकिङ, बीएफआर, एसभीटी (इन ह्यान्ड को ओर्डिनेसन टेस्ट, साइकल इर्गोमिटर, बायो मेकानिक्स फुल सिस्टम विथ सफ्टवेयर, टाइमिङ गेट, इसोकाइनेटेक, डुएल प्लेट र इलेक्ट्रोनिक ह्यान्ड ग्रिप स्ट्रेन्थ डाइनोमिटरलगायतका उपकरण राखिएको छ ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सीमित श्रोत र साधानका बावजुद खेलाडीले प्रगति गर्नुका साथै देशको गौरव कायम गरेको बताउँदै सेन्टरले खेलाडीको खेल गुणस्तरमा परिवर्तन ल्याउने धारणा व्यक्त गरेका थिए ।











%20(1)-1765373001252.jpeg&w=3840&q=75)
-1765371080838.jpg&w=3840&q=75)
-1765366825175.jpeg&w=3840&q=75)



