बुधबार, १८ चैत्र २०८२
Khelpati Logo
Khelpati Ad
Logo
Loading ad...
ktmcity-banner
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकहिम बिक्रम केसी
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी आश्मा राई
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2026 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. फुटबल
Loading ad...
Bhat Bhateni Supermarket Ad

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

बुधबार, १८ चैत्र २०८२खेलपाटी संवाददाता
पोट्टरले चम्काएको स्वीडेनको भाग्य
Loading ad...
mustang rice ad

काठमाडौं। इङ्लिस प्रशिक्षक ग्राहम पोट्टरले स्वीडेनलाई विश्वकपमा पुर्‍याउने आफ्नो छोटो अवधिको लक्ष्य पूरा गरेका छन्। ‘अब म मेरो काउबोय टोपी सफा गरेर लगाउनेछु,’ खुसी व्यक्त गर्दै भनेका छन्।

स्वीडेनको राष्ट्रिय टोलीलाई अक्टोबरमा पोट्टरले सम्हालेका थिए। त्यतिबेला टोलीले समूह चरणमा ६ खेलमध्ये २ बराबरी र ४ हार व्यहोर्दै निकै कमजोर प्रदर्शन गरेको थियो।

अघिल्लो वर्ष नेसन्स लिगको कमजोर समूह जितेका कारण स्वीडेनले प्लेअफमार्फत अर्को अवसर पाएको थियो। त्यस अवसरलाई उपयोग गर्दै उसले बिहीबार सेमिफाइनलमा युक्रेनलाई हरायो र मंगलबार स्टकहोममा पोल्यान्डलाई ३–२ ले पराजित गर्‍यो।

अब स्वीडेनले विश्वकपको समूह ‘एफ’ मा ट्युनिसिया, नेदरल्यान्ड्स र जापानसँग प्रतिस्पर्धा गर्नेछ। यो विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोमा जुनदेखि सुरु हुँदैछ। स्वीडेनका खेलहरू डलासमा हुनेछन्।

पोट्टरले यस सफलतालाई अविश्वसनीय अनुभव भन्दै भने,‘अब म एउटा बियर पिउँछु र सोच्नेछु वाह! हामी डलास जाँदैछौं। अब त काउबोय टोपी निकाल्नैपर्छ, हैन र?’

पोल्यान्डविरुद्धको खेलमा भिक्टर ग्योकेरेसले ८८औं मिनेटमा निर्णायक गोल गरे। पोल्यान्डले दुई पटक बराबरी गर्दै अन्तिमतिर जित्ने सम्भावना देखाएको थियो।

‘हामी परफेक्ट थिएनौं, तर कसलाई मतलब छ?’ पोट्टरले भने, ‘हामी विश्वकपमा जाँदैछौं! अब यसको विश्लेषण गर्न सक्दिनँ।’ ब्राइटन, चेल्सी र वेस्ट ह्यामजस्ता क्लबमा करिब ६ वर्ष काम गरेपछि पोट्टरले पहिलो पटक अन्तर्राष्ट्रिय फुटबलमा जिम्मेवारी सम्हालेका हुन्।

उनको प्रशिक्षण यात्रा २०११ मा स्वीडेनकै सानो क्लब ओस्टरसुन्डबाट सुरु भएको थियो। उनले टोलीलाई चौथो डिभिजनबाट शीर्ष लिगसम्म पुर्‍याएका थिए।

अब उनी स्वीडेनलाई विश्वकपमा नेतृत्व गर्नेछन्। पोट्टरले प्लेअफ खेल्न नसकेका केही मुख्य खेलाडी अलेक्जान्डर इसाक र डेजान कुलुसेभ्स्की फिट भएर फर्किने आशा पनि व्यक्त गरेका छन्। इसाक लिभरपुल र डेजान टेटनह्याममा छन्।

Loading ad...
LiNing Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

क्रोएसियामाथि ब्राजिलको जित

क्रोएसियामाथि ब्राजिलको जित

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

 विश्वकपमा पुग्यो कंगो

विश्वकपमा पुग्यो कंगो

Loading ad...
Bajaj Pulsar Motorcycle Ad
क्रोएसियामाथि ब्राजिलको जित

क्रोएसियामाथि ब्राजिलको जित

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

पोट्टरले चम्काएको स्वीडेनको भाग्य

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

टार्गेटमै प्रहार गर्न नसकेको इङ्ल्यान्ड

 विश्वकपमा पुग्यो कंगो

विश्वकपमा पुग्यो कंगो

अकल्पनीय इटाली

अकल्पनीय इटाली

कोनोली चम्किँदा पञ्जाब विजयी

कोनोली चम्किँदा पञ्जाब विजयी

गुजरातको सामान्य लक्ष्य

गुजरातको सामान्य लक्ष्य

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा

इटालीलाई अब एक खेलको नतिजाको प्रतीक्षा