सिजनभर उत्कृष्ट लयमा देखिएको लिभरपुल पछिल्लो केही सातामा केही कमजोर देखिएको थियो। पेरिस सेन्ट जर्मेन (पिएसजी)सँग च्याम्पियन्स लिगमा पराजित भएर बाहिरिएको लिभपुल इङ्लिस लिग कपको फाइनलमा न्युकासलसँग पराजित भएको थियो।
बार्सिलोना र रियल कोपा डेल रे फाइनलमा अन्तिम पटक २०१३–१४ सिजनमा भिडेका थिए, जसमा रियलले उपाधि जितेको थियो।
तनावग्रस्त खेलमा जोनाथन कान्टिलालनाको दुई गोलसँगै साबिक विजेता ललितपुर सिटी नेपाल सुपर लिग (एनएसएल) मा फर्किएको छ।
प्लानिङ ब्वाइज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा अपराजित यात्रा कायमै राखेको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बुधबार सम्पन्न खेलमा प्लानिङले ब्वाइज युनियन क्लबलाई २–१ गोलले पराजित गरेको हो।
बाँसबारी क्लबलाई पराजित गर्दै वीरगञ्ज युनाइटेडले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा दोस्रो जित हात पारेको छ।
आर्सनलका मुख्य डिफेन्डर गाब्रिएल म्यागाल्हाएस घाइते भएका छन्। मंगलबार फुलहमविरुद्धको २–१ जितको क्रममा उनले दायाँ ह्यामस्ट्रिङ चोट बोकेका हुन्।
पहिलो जितो खोजीमा रहेका दुई टोली ललितपुर सिटी एफसी र पोखरा थन्डर्स नेपाल सुपर लिग (एनएसएल) मा बुधबार भिड्दैछन्। हालसम्म यी दुई टोली तीनपल्ट आमुन्नेसामुन्ने भइसकेका छन्। तर, लिग चरणमा भने यी दुवै टोलीले न जित हासिल गर्न सकेका छन् न गोल नै।
पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च कपको उपाधि रक्षा गर्ने यात्रामा एक ठूलो संकट टार्दै सेमिफाइनलमा दोस्रो डिभिजन क्लब डुङ्कर्कलाई ४–२ ले पराजित गरेको छ।
उनी घाइते भएर मैदान बाहिर बसेको तीन महिना जति भइसकेको थियो। तर, खेलमा फर्किंदा उनी पहिलेझैं चम्किए।
नटिंघम फरेस्टले म्यानचेस्टर युनाइटेडलाई १–० ले हराउँदै च्याम्पियन्स लिग सम्भावना बलियो बनाएको छ। फरेस्टले युनाइटेडलाई १–० ले पराजित गर्दै प्रिमियर लिगको शीर्ष पाँच स्थानमा आफ्नो स्थान बलियो बनाएको हो।
रियल मड्रिड कोपा डेल रेमा पुन: घरेलु मैदानमै रियल सोसिडाडसँग पराजित हुने खतरा मा परेको थियो। तर, थप समयमा निर्णायक गोल गर्दै रियल तीन सिजनमा दोस्रो पटक फाइनलमा प्रवेश गर्न भयो।