पिएसजीको ठूलो संकट टर्यो

काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले फ्रेन्च कपको उपाधि रक्षा गर्ने यात्रामा एक ठूलो संकट टार्दै सेमिफाइनलमा दोस्रो डिभिजन क्लब डुङ्कर्कलाई ४–२ ले पराजित गरेको छ।
लिग २ क्लब डुङ्कर्कले खेलको २७औं मिनेटमै २–० को अग्रता लिँदा फ्रेन्च फुटबलमा ऐतिहासिक सनसनी मच्चिने संकेत देखिएको थियो। तर, ओस्मान डेम्बेलेको दुई तथा कप्तान मार्क्विन्होस र डेजाइर डुएको समान एक गोलको मद्दतले पिएसजी सानदार पुनरागमन गर्न सफल रह्यो। योसँगै पिएसजीले आगामी मे २४ मा स्टेड डी फ्रान्समा हुने फाइनलको लागि स्थान पक्का गरेको छ।
पिएसजीको अब उपाधिका लागि रेम्स र चौथो डिभिजन क्लब क्यान्सबीच बुधबार हुने दोस्रो सेमिफाइनलको विजेतासँग गर्नेछ। डुङ्कर्कले खेलको सातौं मिनेटमै अग्रता लिएको थियो। बायाँपट्टिबाट फ्रिकिकमा एलेक जर्जेनले बल हेडर गरेपछि भिन्सेन्ट सास्सोले क्रसबारको तल भाग हुँदै गोल गरे।
२७औं मिनेटमा डुङ्कर्कले अर्को आश्चर्यजनक गोल गर्दै अग्रता दोब्बर बनायो। गोलकिपरको लामो पासलाई गाएतान कोर्टेटले हेडर गरे। त्यसपछि साउदी अरेबियाली विंगर मुहनाद अल–सादलाई पिएसजीको डिफेन्स लाइन तोडेर गोल गर्ने अवसर दियो।
डुङ्कर्कका समर्थकहरूका लागि यो सपना जस्तै क्षण थियो। उनीहरू आफ्नै क्लबको स्टेडियम उपयुक्त नठहरिएपछि लिलमा खेल हेरिरहेका थिए। तर, पहिलो हाफको इन्जुरी समयमा अक्राफ हकिमीको असिस्टमा डेम्बेलेले गोल गर्दै पिएसजीलाई खेलमा फर्काए।
दोस्रो हाफको सुरुआतमा (४८औं मिनेट) मार्क्विन्होसले डेम्बेलेको क्रसमा हेडरमार्फत गोल गर्दै पिएसजीलाई बराबरीमा ल्याए। डुङ्कर्कका खेलाडीहरू यो गोललाई लिएर रिसाएका थिए। रेफ्रीहरूले गल्तीले कर्नर दिएको गुनासो थियो।
५९औं मिनेटमा नयाँ फ्रेन्च अन्तर्राष्ट्रिय खेलाडी डेजाइर डुएले ब्राड्ली बारकोलासँग तालमेल मिलाउँदै पिएसजीलाई अग्रता दिलाए। डुङ्कर्कले खेललाई बराबरीमा ल्याउने प्रयास गरे पनि अन्तिम समयमा डेम्बेलेले एक उत्कृष्ट व्यक्तिगत प्रयास गर्दै इन्जुरी समयमा अर्को गोल थपे र पिएसजीको जित पक्का भयो।
लुइस एनरिकेको टोलीले शनिबार एङ्जर्सविरुद्ध हार टार्न सके लिग वान उपाधि पक्का गर्नेछ। त्यसपछि पिएसजीले अर्को बुधबार एस्टन भिल्लासँग च्याम्पियन्स लिगको क्वार्टरफाइनलको पहिलो लेग खेल्नेछ।









-1777647615809.jpeg&w=3840&q=75)
-1777639738077.jpeg&w=3840&q=75)

