काठमाडौं । एन्टोनी ग्रिजम्यान चम्किएको खेलमा एट्लेटिको मड्रिडले स्पेनिस लिगमा जित दर्ता गरेको छ ।
बिहीबार राति ओसासुनाको घरेलु मैदानमा भएको खेलमा एट्लेटिको मड्रिडले २–० को जित निकालेको हो ।
ग्रिजम्यानले खेलको २० औं मिनेटमा कठिन कोणबाट गोल गर्दै एट्लेटिकोलाई सुरुआती अग्रता दिलाएका थिए ।
खेल सकिन ९ मिनेट बाँकी छदाँ रोड्रिगो रिक्केलमेले गोल गर्दै एट्लेटिको मड्रिडको जित सुनिश्चित गरे । ग्रिजम्यान खेलको म्यान अफ दी म्याच घोषित भए ।
मड्रिड डर्बीमा रियलविरुद्ध जित हात पारे लगत्तै एट्लेटिकोले अर्को सुखद नतिजा निकालेको हो ।
एट्लेटिको ६ खेलबाट १३ अंक सहित तालिकाको पाँचौं स्थानमा छ । ओसासुना ७ अंक सहित १४ औं स्थानमा छ ।