काठमाडौं । विरगञ्ज युनाईटेड एफसीले दीप कार्कीलाई मार्की खेलाडीको रुपमा अनुबन्धन गर्ने भएको छ ।
राष्ट्रिय फुटबल टिमका गोलकिपर समेत रहेका कार्कीलाई विरगञ्जले दोस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल)को मार्की खेलाडी बनाउने भएको हो ।
ए डिभिजन क्लब मनाङ मस्र्याङ्दी क्लबका कप्तान समेत रहेका कार्की विरगञ्जको मार्की खेलाडी बन्न सहमत बनेका हुन् । उमेर समुह हुँदै राष्ट्रिय स्तरमा उत्कृष्ट प्रर्दशन गर्दै आएका कार्कीले राष्ट्रिय टिममा पहिलो रोजाईको गोलकिपर बन्न संघर्ष गरिरहेका छन् । गत वर्ष युवा टिमले भरिएको मनाङलाई मिड टेबलमा राख्दै दीप नेतृत्वको टिमले राम्रो नतिजा निकालेको थियो ।
विरगञ्ज युनाईटेड एफसीका प्रमुख कार्यकारी अधिकृत सिईयो अर्विन बरालले राष्ट्रिय खेलाडीको रुपमा राम्रो पहिचान बनाएका दपिलाई मार्की खेलाडीको रुपमा लिने पक्का भएको बताए । ‘खेलाडीबीचको छलफलमा सहमती बनेको छ । टिमले दीपलाई मार्की खेलाडीको रुपमा पक्का गरेको छ ।’ अर्विनले खेलपाटीसँग भने ।
‘शुक्रबार औपचारिक रुपमा दीपलाई स्वागत गरेर दोस्रो सिजनको तयारी थाल्नेछौं ।’ अर्विनले थपे ।
विरगञ्ज युनाईटेड एफसी एनएसएलले थपेका तीन टिम मध्यको नयाँ टिम हो ।