काठमाडौं । एसियन गेम्स फुटबलमा नेपालको महिला फुटबल टिमले बंगलादेशसँग बराबरी खेलेको छ ।
बिहीबार लिग चरणको अन्तिम खेलमा नेपालले बंगलादेशसँग १–१ गोलको बराबरी खेलेको हो ।
खेलको ४४ औं मिनेटमा बंगलादेशले फरवार्ड सविना खातुनको गोलमा अग्रता लिएको थियो । हार तर्फ उन्मुख नेपालका लागि रेखा पौडेलले ८३ औं मिनेटमा बराबरी गोल फर्काएकी थिईन् ।
नेपालले यसअघिको समूह चरणका दुवै खेलमा हार ब्यहोरेको थियो ।
नेपाल र बंगलादेशले यस अघि नै दुई खेलमा हार बेहोरेकोले यो खेल प्रतिष्ठाको लागि मात्र थियो । दुवै टोली यसअघि जापान र भियतनामसँग पराजित भएकी हुन् ।
पहिलो खेलमा भियतनामसँग २–० पराजित भएको नेपाल दोस्रो खेलमा पूर्वविश्व विजेता जापानसँग भने ८–० को फराकिलो हार सामना ग¥यो । नेपाली महिला फुटबल टोली पहिलोपटक एसियाडमा सहभागी भएको हो ।
एसियन गेम्समा एक अंक बटुल्दै नेपालको महिला फुटबल टिम प्रतियोगिताबारे बाहिरिएको छ ।