काठमाडौं । इएफएल कपको तेस्रो चरणमा न्युक्यासलले म्यानचेस्टर सिटीलाई हराएको छ । बुधबार राति घरेलु मैदानमा न्युक्यासलले सिटीलाई १–० ले स्तब्ध बनाएको हो ।
प्रिमियर लिगको साविक विजेता सिटीलाई हराउँदै न्युक्यासल प्रतियोगिताको चौथो चरणमा प्रवेश गरेको छ । अलेक्जेन्डर इसाकले न्युक्यासलका लागि विजयी गोल गरेका थिए ।
गत वर्ष फाइनलमा न्युक्यासल म्यानचेस्टर युनाईटेडसँग पराजित बनेको थियो । आईतबार सेफिल्ड युनाईटेडविरुद्ध ८–० को जित निकालेको न्युक्यासलले सिटीविरुद्धको खेलमा १० परिवर्तन गरेको थियो ।
पहिलो हाफमा घरेलु टोलीमाथि दबाब बनाएका सिटीका जुलियर अल्भारेजले दुई राम्रा अवसरलाई खेल फालेका थिए ।
न्युक्यासल पछिल्ला ४ खेलमा पराजित छ । लगातार तीन खेलको हारको नतिजापछि न्युक्यासलले पुन लय समातेको हो ।