काठमाडौं । इएफएल कपको तेस्रो चरणमा लिभरपुलले लेस्टर सिटीलाई हराएको छ ।
बुधबार राति घरेलु मैदान एनफिल्डमा लिभरपुलले लेस्टरमाथि ३–१ को जित निकालेको हो ।
डोमिनिक स्लोबोस्जलाइले दोस्रो हाफमा शानदार गोल गर्दै लिभरपुललाई कारबाओ कपको तेस्रो चरणमा सहज जित दिलाए ।
खेलको तेस्रो मिनेटमै केसी मेकएटरले लेस्टरलाई सुरुआती अग्रता दिलाएका थिए । कोडी गोकपोले दोस्रो हाफमा गोल गर्दै लिभरपुललाई खेलमा फर्काएका थिए ।
डिएगो जोटाले खेल सकिन एक मिनेट बाँकी छदाँ गोल गर्दै लिभरपुललाई ३–१ को जित दिलाए ।
लिभरपुलले चौथो चरणमा बर्नेमाउथसँग प्रतिस्पर्धा गर्नेछ ।