काठमाडौं । इंग्लिस प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसले युवा फरवार्ड माल्कम इबिओईलाई अनुबन्ध गरेको छ ।
क्रिस्टलले च्याम्पियनसिप क्लब डर्बी काउन्टीबाट माल्कमलाई अनुबन्ध गरेको हो ।
१८ वर्षीय फरवार्डले क्रिस्टलसँग ५ वर्षको सम्झौता गरेका छन् ।
उनी जुलाई १ बाट क्रिस्टलको टोलीमा सामेल हुनेछन् ।
गत सिजन सिनियर टोलीमा डेब्यु गरेका उनले च्याम्पियनसिपको १६ खेलमा १ गोल गरेका छन् ।
माल्कमले इंग्ल्यान्डको यू-१६ टोलीबाट खेलिसकेका छन् ।