काठमाडौं । पहिलो संस्करणको फ्रेन्चाईज फुटबल प्रतियोगिता नेपाल सुपर लिग (एनएसएल) अन्तर्गत आज एक खेल हुँदैछ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा धनगढी एफसी र पोखरा थण्डर्सबीच प्रतिस्पर्धा हुनेछ ।
धनगढी र पोखराबीचको खेल साँझ ५:३० बजे सुरु हुनेछ ।
आज धनगढी तेस्रो जित निकाल्ने योजनासहित मैदान उत्रने छ ।
यस्तै धनगढीलाई शीर्ष स्थानमा उक्लने अवसर समेत रहेको छ ।
पोखरालाई पराजित गर्न सकेमा धनगढी शीर्ष स्थानमा उक्लने छ ।
धनगढी ४ खेलमा ७ अंक जोडेको दोस्रो स्थानमा रहेको छ ।
पोखरासँग बराबरीको नतिजाले समेत धनगढी शीर्ष स्थानमा उक्लने छ ।
पोखरा पनि धनगढीलाई हराएर शीर्ष स्थानमा उक्लन चाहन्छ ।
धनगढीलाई हराएको खण्डमा पोखरा शीर्ष स्थानमा उक्लने छ ।
पोखरा ४ खेलमा ५ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।