एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आज चेल्सी र म्यानचेस्टर युनाईटेडबीच प्रतिस्पर्धा हुँदैछ ।
चेल्सीले घरेलु मैदानमा युनाईटेडसँग खेल्नेछ । दुई टिमबीचको खेल राति १०:१५ बजे सुरु हुनेछ ।
घरेलु मैदानमा चेल्सी जित निकाल्दै चौंथो स्थानमा उक्लन चाहन्छ ।
चेल्सी २५ खेलमा ४३ अंक जोडेर पाँचौं स्थानमा रहेको छ ।
चेल्सीलाई युनाईटेडमाथि जित निकाल्न सहज भने हुनेछैन ।
युनाईटेड पनि चेल्सीलाई हराएर शीर्ष स्थानको सिटविरुद्ध दबाब बढाउन चाहन्छ ।
युनाईटेड ४९ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।
लिगमा सिटी युनाईटेड भन्दा १३ अंकले अघि रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै लेष्टर सिटीले घरेलु मैदानमा आर्सनलसँग खेल्नेछ ।
लिभरपुलले सेफिल्ड युनाईटेडसँग उसैको मैदानमा खेल्नेछ ।
टोटेनहमले बर्नलीसँग खेल्दा क्रिस्टल प्यालेसले फुलहमसँग खेल्नेछ ।