एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा सेभियाले सहज जित निकालेको छ ।
सोमबार राति भएको खेलमा सेभियाले ओसासुनालाई २-० गोल अन्तरले पराजित गरेको हो ।
सेभियालाई जित दिलाउन डिएगो कार्लोस र लुक डी जोङले एक एक गोल गरे ।
ओससुनाको मैदानमा १९ औं मिनेटमा डिएगोले गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।
त्यसपछि खेलको ४९ औं मिनेटमा लुक डी जोङले गोल गर्दै सेभियालाई २-० को जित दिलाए ।
जितसँगै सेभिया लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
सेभियाले २३ खेलमा ४८ अंक जोडेको छ ।
ओसासुना २५ अंक जोडेर १३ औं स्थानमा रहेको छ ।