• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
नेपालको जितका नायक सुनिल भन्छन्, 'पहिलो रोजाईमा पर्दा आश्चर्यमा परे'
खेलपाटी संवाददाता
बिहीबार, भदौ २१, २०७५ खेलपाटी संवाददाता
नेपालको जितका नायक सुनिल भन्छन्, 'पहिलो रोजाईमा पर्दा आश्चर्यमा परे'

ढाका । बंगलादेशको ढाकामा जारी साफ च्याम्पियनसिपमा बिहिबार नेपालले भुटानविरुद्ध सानदार जित निकाल्यो ।

बंगबन्धु रंगशालामा नेपालले भुटानलाई ४ – ० ले हराउन सफल भएको थियो । र, समूह 'ए' मा रहेको नेपालले समूह चरणमा पहिलो जित निकाल्न सफल भयो ।  

भुटानविरुद्धको जितमा नेपालका एक खेलाडी नायक थिए । जसले नेपाली टोलीबाट पहिलोपटक पहिलो रोजाईमा पर्दै मैदान उत्रिएका थिए । नेपाली सिनियर टोलीबाट दोस्रो पटक मैदान उत्रदै थिए । उनी थिए २० बर्षीय मिडफिल्डर सुनिल बल ।

प्ले मेकर सुनिलकै प्रदर्शनमा नेपालले भुटानलाई सहजै हराएको थियो । र, नेपाल भुटानविरुद्ध पुनः अपराजित रहन सफल भयो । भुटानविरुद्ध सुनिलले गोल महत्वपूर्ण एक गोल गरेका थिए । यस्तै नेपालले गरेको चार गोलमध्ये उनले २ गोलको लागि पास उपलब्ध गराएका थिए ।

सुनिलले पहिलो गोल (अनन्त तामाङ) र चौथो गोल (निराजन खड्का) को गोलका लागि कर्नरबाट पास उपलब्ध गराएका थिए । यस्तै ७१ औं मिनेटमा विमल घर्ति मगरले प्रहार गरेको पेनाल्टीको रिबाउन्ड बलमा सुनिलले गोल गरेका थिए ।

सुनिलकै प्रेरणादायी प्रदर्शनमा नेपालले साफ च्याम्पियनसिपको दोस्रो चरणमा पुग्ने बलियो सम्भावना कायम राख्न सफल भएको छ । नेपालले महत्वपूर्ण ३ अंक जोड्न सफल भएको छ ।

ललितपुरे क्लब थ्री स्टारबाट क्लब फुटबल खेल्दै आएका सुनिल उमेर समूहबाट आएका खेलाडी हुन् । हेटौडाका सुनिलले उमेर समूहको अधिकास प्रतियोगितामा उच्च प्रदर्शन गरिसकेका छन् ।

एन्फा एकेडमीबाट उत्पादित सुनिलले सन् २०१६ मा नेपाली टोलीमा डेब्यु गरेका थिए । लाओसविरुद्धको मैत्रीपूर्ण खेलमा डेब्यु गरेका सुनिल एसियन गेम्सको लागि नेपाली टोलीमा समेत रहेका थिए ।

एसियन गेम्सको प्रदर्शनले सुनिल साफको लागि नेपालीमा टोलीमा स्थान बनाउन सफल भएका थिए । तर, सुनिललाई भुटानविरुद्धको खेलमा पहिलो रोजाईमा पर्छु भन्ने कहिले नसोचेको बताए ।

भुटानविरुद्धको प्लेईङ ११ आउदा आफ्नो देख्दा अचम्म लागेको सुनिलले बताए । पहिलोपटक नेपाली टोलीमा पहिलो रोजाईमा परेकै दिन उत्कृष्ट प्रदर्शन गरेपछि सुनिलले के के भने ?

सुनिलको भनाई उनकै शब्दमा :  

पहिलो पटक राष्ट्रिय टोलीको सुरुवाती प्लेईङ सेटमा खेल्न पाएको यो मेरो पहिलो अवसर हो ।

मलाई विश्वास गरेर प्रशिक्षकले टिम सेटमा राख्नु भयो । मैले आफ्नो १०० प्रतिशत दिन कोशिस गरे । मैले सकेको खेले जस्तो लाग्छ । राष्ट्रिय टोलीबाट पहिलो गोल गर्दा धेरै खुसी लागेको छ ।

पहिले मलाई पहिलो रोजाईमा पर्छु भन्ने थाहा थिएन । मिटिङ हुँदा मेरो नाम दिनु भयो । म सरप्राइज भए । मैले मनमनै सोचे आज राम्रो खेल्नु पर्छ शतप्रतिशत दिनु पर्छ ।

सिनियर दाईहरुले धेरै प्रेरणा दिनु हुन्छ । भाईहरु राम्रो खेल्नु पर्छ, तिमीहरु नै हो अबको खेलाडी भन्ने गर्नुहुन्छ ।

मलाई अझै नेपालको टिमबाट खेल्ने मन छ ।  नेपाली फुटबललाई अझै माथि लैजाने मन छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
किरण ल्यम्पिया स्कुलको  ब्रान्ड एम्बेसडर
किरण ल्यम्पिया स्कुलको ब्रान्ड एम्बेसडर
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
२०३१ को महिला विश्वकपमा ४८ राष्ट्र
भारतको सेमिफाइनलको सम्भावना मजबुत
भारतको सेमिफाइनलको सम्भावना मजबुत
umbro nepal
  • ताजा समाचार
  • खेल आज
भुल्केले जित्यो उपाधि
भुल्केले जित्यो उपाधि
देवीगञ्ज फाइनलमा
देवीगञ्ज फाइनलमा
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
दक्षिण एसियाली जुडोमा नेपाल प्रथम
चेल्सीको ऐतिहासिक कीर्तिमान
चेल्सीको ऐतिहासिक कीर्तिमान
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
सिटीको च्याम्पियन्स लिग छनोट फेरि अनिश्चित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP