एजेन्सी । म्यान्चेष्टर सिटी पोर्चुगलका डिफेन्डर रुबेन डियासलाई बेन्फिकाबाट अनुबन्धन गर्न सहमत बनेको छ ।
सिटी पोर्चुगिज क्लबका डियासलाई ६५ मिलियन पाउण्डमा इतिहाद स्टेडियम उतार्न तयार भएको हो ।
अर्जेन्टिनी सेन्टर ब्याक निरोलास ओटामेन्डी १३ दशमलव ७ मिलियन पाउण्डमा क्लब बाहिर जान लागेपछि पेप ग्वार्डीओला नयाँ डिफेन्डरको खोजीमा थिए ।
ग्वार्डीओला सेन्टर डिफेन्डर भिसेन्ट कोम्पनीले गत सिजनबाट सन्यासको घोषणा गरेपछि नयाँ डिफेन्डर खोजी रहेका थिए ।
आईतबारमात्र बेन्फिकाले आफ्ना डिफेन्डरलाई छाड्ने औपचारिक जानकारी गराएको हो । डिफेन्डरले सिटीसंग औपचारिक रुपमा हस्ताक्षर गर्न बाँकी रहेको छ ।
२३ बर्षका बेन्फिकाका कप्तानले शनिबार राति प्राप्त जितमा साथी र क्लबका खेल निर्देशकसंग अंकमाल गर्दै बिदाईको संकेत गरेका थिए ।
डियासले बेन्फिकाबाट १ सय ३३ खेलमा १२ गोल गरेका छन् ।
कोम्पनीको बहिर्गमनसंगै सिटीले गत सिजन लिभरपुललाई उपाधि रक्षामा खासै चुनौती दिन सकेन ।
नापोलीका २९ वर्षीय डिफेन्डर कालिदो कौलिबेललाई सिटीले खेलाडी सुरुवा बजारमा पहिलो प्राथमिकतामा राखेको थियो ।
तर सेनेगलका डिफेन्डरलाई नापोलीले ८० मिलियन पाउण्डको माग राखेपछि सिटी सो रकम तिर्न अनिच्छुक देखिएको थियो ।