एजेन्सी । स्पेनिस क्लब बार्सिलोनाले ब्राजिलियन मिडफिल्डर फिलिप काउटिन्हो नबेच्ने भएको छ । काउटिन्होका एजेन्ट किया जोराबचियनले पेरिस सेन्ट जर्मेन पीएसजी जाने हल्लालाई अस्विकार गर्दै सो कुरा बताएका हुन ।
२७ बर्षिय मिडफिल्डरले पीएसजी जाने हल्ला आएसँगै एजेन्ट कियाले भने काउटिन्होले स्पेनिस लिग नछाड्ने प्रष्ट पारेका छन् ।
समर विन्डोमा बार्सिलोनाले काउटिन्होलाई बेचेर एट्लेटिको मड्रिडका फरवार्ड एन्टोनी ग्रिजम्यान अनुबन्धन गर्ने तयारी गरेको बताईएको थियो ।
तर ग्रिजम्यानको आगमनले बार्सिलोनाको ड्रेसिङ रुममा समस्या देखिने भन्दै क्याटलान क्लबका खेलाडीले सो निर्णयको विरोध गरेका थिए । सोही कारण क्लबले ग्रिजम्यान ल्याउने कुरालाई यथास्थितीमा राखेको छ ।
सन् २०१८ मा लिभरपुलबाट ला लिगा आएका काउटिन्हो धेरै अप्ठ्यारो अवस्थाबाट गुज्रिनु परेको छ । सिजनको अन्त्यमा उनी बार्सिलोनकै प्रशंसक र समर्थकबाट धेरै पटक आलोचित बने ।
यस सिजन च्याम्पियन्स लिगबाट बाहिरिदा उनलाई बार्सिलोनाका समर्थकले चर्को आलोचना गरेका थिए । सो आलोचनापछि ब्राजिलियन मिडफिल्डरले बार्सिलोना छोड्न सक्ने बताईएको थियो ।
उनी फ्रान्सेली लिग वानमा मात्र नभएर म्यान्चेस्टर युनाइटेडबाट पुन प्रिमियर लिग खेल्न जाने सक्ने आकलन गरिएको थियो । बजार खेलाडी सरुवा बजारका अनेक समाचारलाई बिट मार्दै एजेन्टले ब्राजिलियन स्टारले बार्सिलोना नछाड्ने बताएका हुन् ।
‘केहि दिन अघि मैले बार्सिलोनासंग कुरा गरेको थिए ।’ उनले भने, ‘क्लबले काउटिन्हो बेच्न चाहेको छैन । यसबारे हामी र पीएसजीबीच कुनै सम्पर्क भएको छैन ।’ कियाले भनेका छन् ।
क्याम्प नाउमा रहेर काउटिन्होले ७५ खेलमा २१ गोल गरेका छन् । उनी हाल दक्षिण अमेरिकी फुटबल प्रतियोगिता कोपा अमेरिकाको खेल्न घरेलु भुमी ब्राजिलमा छन् ।