एजेन्सी । पेरु कोपा अमेरिका फुटबलको फाईनलमा प्रवेश गरेको छ । बिहिबार बिहान भएको खेलमा चिलीलाई ३–० गोल अन्तरले पराजित गर्दै पेरु प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।
पहिलो हाफमै २–० को अग्रता लिएको पेरुले दोस्रो हाफमा एक गोल गरेको थियो ।
चिली प्रतियोगिताको साविक विजेता हो ।
२१ औ मिनेटमा एडिन फ्लोरेसले गोल गर्दै खेलमा अग्रता बनाएका थिए । ३८ औ मिनेटमा योशिमार यतुनले अग्रतालाई दोब्बर बनाएका थिए । सुरुवाती दुवै गोल आन्द्रे कारिलोको पासमा सम्भव भएको थियो ।
खेलको अन्तिम मिनेटमा जोस पाओलो गुरेरोले गोल गर्दै टिमको जित सुनिश्चित गरे । उनले पेनाल्टीमा गाेल गर्दै टाेलीकाे जित सुनिश्चित गरेका थिए ।
पेरुले पछिल्लो दुई संस्करणको विजेता चिलीलाई हराउँदै प्रतियोगिताको फाईनलमा प्रवेश गरेको हो ।
पेरुले उपाधिका लागि घरेलु टाेली ब्राजिलसंग प्रतिस्पर्धा गर्नेछ ।