एजेन्सी । कोपा अमेरिका फुटबलकाे सेमिफाइनलमा पेरुले सनसनीपुर्ण अग्रता बनाएको छ ।
पहिलो हाफको खेल सकिदाँ पेरुले चिलीविरुद्व २–० को अग्रता लिएको हाे । चिली प्रतियोगिताको साविक विजेता हो ।
२१ औ मिनेटमा एडिन फ्लोरेसले गोल गर्दै खेलमा अग्रता बनाएको थिए । ३८ औ मिनेटमा योशिमार यतुनले पेरुकाे अग्रतालाई दोब्बर बनाएका हुन् ।
विजेता टोलीले उपाधिका लागि ब्राजिलसंग प्रतिस्धर्पा गर्नेछ ।