एजेन्सी । म्यानचेष्टर सिटीले स्पेनिस मिडफिल्डर तथा एट्लेटिको मड्रिडका खेलाडी रोड्रीलाई ६२ दशमलवल ८ मिलियन पाउण्ड तिर्न सहमत देखिएको छ ।
ला लिगा क्लब एट्लेटिकोले रोड्रीका लागि राखेको करिब ६३ मिलिनय पाउण्डको रिलिज क्लज तिर्न प्रिमियर लिग क्लब सिटी तयार देखिएको हाे ।
२३ बर्षका रोड्रीको क्लबसंगको सम्झौता सन् २०२३ सम्म रहेको छ ।
सिटीले यसअघि कीर्तिमानी मुल्य ६० मिलियन पाउण्डमा सन् २०१८ मा रियाद महरेजलाई क्लबमा अनुबन्धन गरेको थियो ।
रोड्री सन् २०१८ मा क्लबमा आएका थिए । उनले तीन बर्ष भिल्ला रियलमा बिताएका थिए ।
उनले गत बर्ष राष्ट्रिय टिमबाट अन्तराष्ट्रिय खेलमा डेब्यु गरेका थिए । उनले राष्ट्रिय टिमबाट ६ म्याच खेलेका छन् ।
प्रिमियर लिग विजेता सिटीले रोड्रीलाई नयाँ सिजनका लागि क्लबमा ल्याउन ईच्छा देखाएको थियो ।
मुख्य प्रशिक्षक पेप ग्वार्डिओला समेत डिफेन्सिभ मिडफिल्डरलाई प्रिमियर लिगको च्याम्पियन टोलीको समावेश गर्न लालायित थिए ।