एजेन्सी । नेदरल्याण्ड्स महिला विश्वकप फुटबलको फाईनलमा प्रवेश गरेको छ । बुधबार राति भएको खेलमा स्विडेनलाई १–० गोल अन्तरले हराउँदै डच टोली प्रतियोगिताको फाईनल प्रवेश गरेको हो ।
नेदरल्याण्ड्सले अब उपाधिका लागि अमेरिकासंग प्रतिस्पर्धा गर्नेछ ।
निर्धारित समयको खेल गोल रहित बराबरीमा सकिएको थियो । अतिरिक्त समयको ९९ औ मिनेटमा म्यानचेष्टर युनाईटेडकी मिडफिल्डर ज्याकी ग्रोएनले नेदरल्याण्ड्सका लागि विजयी गरिन् ।
जितसंगै नेदरल्याण्ड्स पाँचौ पटक महिला विश्वकपको फाईनलमा प्रवेश गरेको छ । करिब ५० हजार दर्शकले पेनाल्टी सुटआउटको अपेक्षा गरेका थिए । तर ग्रोएनले गोल गर्दै स्विडेनको दोस्रो पटक फाईनल पुग्ने आशामा पुर्णविराम लगाईदिन् ।
स्विडेनले आफ्नो चौथो सेमिफाईनल खेलेको थियो । उसले अब तेस्रो स्थानको लागि ईङ्ल्याण्डसंग प्रतिस्पर्धा गर्नेछ ।