काठमाडौं । नेपाली राष्ट्रिय टोलीका मिडफिल्डर रोहित चन्द रहेको पर्सिजा जकार्ताले इन्डोनेसियन लिगा वानमा पहिलो जित निकालेको छ ।
बुधबार भएको खेलमा जकार्ताले पिएसस स्लेमानलाई १-० गोल अन्तरले पराजित गरेको हो । जकार्ताको जितमा मार्को सिमिकले २५ औं मिनेटमा निर्णायक गोल गरे ।
स्लेमानविरुद्धको खेलमा रोहितले पुरै ९० मिनेट मैदानमा बिताएका थिए ।
साविकको विजेता समेत रहेको जकार्ताले ५ खेलमा पहिलो जित निकालेको हो ।
जितसंगै जकार्ताले ५ खेलबाट ५ अंक जोडेको छ । जकार्ता लिगको १३ औं स्थानमा छ । स्लेमानको ५ खेलबाट ६ अंक रहेको छ ।