एजेन्सी । म्यानचेष्टर सिटीका पूर्व मिडफिल्डर याया टुरेले नयाँ गन्तव्यको रुपमा चिनियाँ क्लब रोजेका छन् । उनले चीनको दोस्रो डिभिजनको क्लब किङ्गदा वाङ हाईसंग अनुबन्धन सम्झौता गरेका छन् ।
३६ बर्षका मिडफिल्डरले ग्रिक क्लब ओलम्पिकोससंग सम्झौता गरेपनि खेलेका थिएनन् ।
उनले सन्यासको घोषणा गर्न अस्विकार गरेका थिए । उनका एजेण्टले टुरेको उपाधि सहित करियरको अन्त्य गर्ने चाहना रहेको बताएका छन् ।
टुरेले भने, 'मेरो करियरको सुरुवातबाटै मैले चुनौतीलाई मन पराए । म नयाँ क्लबमा पुन: ईतिहास बनाउन चाहन्छु ।'

किङ्गदा वाङ हाई चाईनिज लिग वानको माथिल्लो स्थानमा छ । चाईनिज लिग वान चीनको दोस्रो डिभिजनको लिग हो । लिगको विजेता टिम शीर्ष डिभिजनको चाईनिज सुपर लिगमा उक्लिनेछ भने रेलिगेशनमा पर्ने टोलीले चाईना लिग टु खेल्नेछ ।
तर टुरेलाई अनुबन्धन गरेको किङ्गदा वाङ हाईले शीर्ष डिभिजनको लिगमा प्रतिस्पर्धा गर्न पाएको छैन ।
भर्खरै मात्र न्युक्यासल युनाईटेडका प्रशिक्षक राफेल बेनिटेजले प्रिमियर लिग क्लब छाड्दै चाईनिज सुपर लिग क्लब डालियान येङफाङ सम्हाल्ने निर्णय गरेका थिए ।