एजेन्सी । लण्डन क्लब आर्सनलले ब्राजिली युवा फरवार्ड ग्याब्रियल मार्टिनेलीलाई क्लबमा अनुबन्धन गरेको छ । आर्सनलले समर ट्रान्सफर अन्तर्गत १८ बर्षका ब्राजिली युवा फरवार्डलाई लामो समयका लागि क्लबमा ल्याएको हो ।
उनी ब्राजिली क्लब ईटुएनोबाट लण्डन क्लब आएका हुन् । सन् २०१७ मा डेब्यु गरेका मार्टिनेलीले ३४ खेलमा १० गोल गरेका छन् ।
‘क्रिस्टियानो रोनाल्डोलाई म खेलको मोडल मान्छु ।’ उनले भने ।
'उनी यस्ता खेलाडी हुन्, जसले कडा मेहनत गर्छन् । आफैलाई अगाडीको स्तरमा धकेल्छन् । जो सधै व्यक्तिगत ट्रफी र उपाधिका लागि दौडिन्छन् ।' उनले थपे ।
'यो मेरो सपना थियो । जब म बच्चा थिए, मेरो परिवारको सपना मैले युरोपबाट खेलोस भन्ने थियो । अझ आर्सनल जस्तो ठुलो क्लबबाट । म यो अवसर लिन गईरहेको छु ।' उनले भने ।

ब्राजिलले कोपा अमेरिकाको अभ्यास गर्दा मार्टिनेलीलाई सिनियर टिममा बोलाईएको थियो ।
'यो निकै आश्चार्यजनक अनुभुति हो । सपना विपनामा परिणत भएको छ । राम्रा खेलाडीका सामु आफुलाई सक्षम बनाउनुपर्नेछ ।' उनले भने ।
'यो निकै महान अवसर हो । म जति सक्छु, मजा लिनेछु ।' उनले थपे ।