एजेन्सी । कोपा अमेरिका फुटबलको सेमिफाईनल खेलमा ब्राजिल र अर्जेन्टिनाबीच प्रतिस्पर्धा भईरहेको छ ।
पहिलो हाफको खेल सकिदाँ ब्राजिलले अर्जेन्टिनाविरुद्व अग्रता लिएको छ ।
खेलको १९ औ मिनेटमा ग्याब्रियल जिससले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका छन् ।
फिर्मिन्होको पासलाई सदुपयोग गर्दै जिससले घरेलु टोलीलाई अग्रता दिलाए ।
फिर्मिन्होको क्रसलाई डिबक्स भित्र अनमार्क रहेका जिससले सहजै गोल गर्न सफल रहे ।
विजेताले फाइनलमा चिली र पेरुबीचको विजेतासँग खेल्नेछ ।
ब्राजिल र अर्जेन्टिनाबीच हालसम्म ११० पटक भिडेका छन् । जसमा ब्राजिल हावी देखिएको छ ।
ब्राजिलले ४५ खेल जितेको छ । अर्जेन्टिनाले ३९ खेल जितेको छ ।
दुईबीचको २६ खेल भने बराबरीमा सकिएको छ ।