एजेन्सी । माली अफ्रिका कप अफ नेसन्सको समुह ईको विजेता बनेको छ । मंगलबार राति भएको खेलमा मालीले एन्गोलालाई १–० ले पराजित गरेको हो ।
खेलको ३७ औ मिनेटमा अमदौ हैदरले मालीका लागि विजयी गोल गरे ।
मालीले अब प्रि क्वाटरफाईनलमा समुह डीको उपविजेता आईभेरी कोस्टसंग प्रतिस्पर्धा गर्नेछ ।
समुह ईको खेलमा शीर्ष स्थानको मालीले ३ खेलबाट ७ अंक जोड्यो । ट्युनेसियाको ३ खेलबाट ३ अंक रह्यो । एन्गोला पराजित हुदै प्रतियोगिताबाट बाहिरिन पुग्यो ।