एजेन्सी । ब्राजिल फुटबल टिमका प्रशिक्षक टिटेले लियोनल मेस्सीलाई रोक्न कठिन हुने बताएका छन् । कोपा अमेरिकाको सेमिफाईनलमा अर्जेन्टिनाविरुद्द उत्रनु अघि टिटेले सो कुरा बताएका हुन् ।
उनले सेमिफाईनलमा अर्जेन्टिनी स्टार मेस्सीको गतिलाई कम गर्न ब्राजिली टोलीले सही बाटो पत्ता लगाउन सक्ने बताए ।
लियोनल मेस्सी अहिले करियरकै उच्च फर्ममा छन् । उनकै प्रेरणादायी प्रर्दशनमा अर्जेन्टिनाले अन्तिम चारको यात्रा तय गरेको थियो ।
अर्जेन्टिनाले क्वाटरफाईनलको खेलमा भेनेजुएलालाई हराउँदै क्वाटरफाईनलको यात्रा तय गरेको हाे । उसले समुह चरणमा पाराग्वे, कोलम्बिया र कतारसंग खेलेको थियो ।
अर्जेन्टिना स्टार मेस्सीले प्रतियोगितामा एक गोल मात्र गरेका छन् । अर्जेन्टिनाले समुह चरणको पहिलो खेलमा कोलम्बियासंग हार ब्यहोरेको थियो । दोस्रो खेलमा पाराग्वेसंग बराबरी खेलेको उसले अन्तिम खेलमा कतारलाई हराएको थियो ।
‘हामीले अर्जेन्टिनाको ब्यक्तिगत बिषयमा मात्र भनिरहेका छौ । उनीहरु सामुहिक रुपमा निकै बलिया भएका छन् ।’ टिटेले भनेका छन् ।

ब्राजिलले सेमिफाईनलमा अर्जेन्टिनाविरुद्द खेल सोही मैदानमा खेल्दैछ, जहाँ सन् २०१४ को विश्वकपमा जर्मनीसंग ७–१ को हार ब्यहोरेको थियो ।
ब्राजिल र अर्जेन्टिनाको बिजेताले उपाधिका लागि चिली र पेरुबीचको विजेतासंग खेल्नेछ ।
चिलीले पछिल्ला दुई संस्करणमा अर्जेन्टिनालाई रोक्दै कोपा अमेरिकाको उपाधि उचालेको थियो ।